भोलिबाट सार्वजनिक यातायात चल्ने

Loading

pnews.com.np: लकडाउन केहि खुकुलो भए पनि सार्वजनिक सवारी साधन भने तत्काल सञ्चालनमा नआउने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ भनी गोरखापत्रमा समाचार छापिएपछि यातायात व्यवसायी संघमा हल्लीखल्ली मच्चिएको थियो । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जानकारी दिएको उल्लेख थियो । तर अहिले आइतबारबाट सार्वजनिक यातायात खुल्ने भनि बाहिर आएका कुरा हल्ला मात्र भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी गराएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग छलफल भइरहेकाले आइतबारबाट नै सार्वजनिक यातायात चल्ने कुरा झुटो भएको आज (शनिबार) स्पष्ट पारेको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले यातायात सञ्चालन गर्ने विषयमा छलफल भइरहेकाले महासंघले आन्दोलन गर्ने कुनै निर्णय नगरेको जानकारी दिएका छन् । ‘हामी सरकारसँग कसरी सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने छलफलमा छौं,’ कर्मचार्यले भने, ‘कहिले कसरी चलाउने भन्ने निणर्य भएको छैन । केही सञ्चारमाध्यममा असार २१ देखि यातायात व्यवसायी महासंघले आन्दोलन गर्ने भन्ने झुटो भएको उनले बताएका छन् । ‘सरकारले साउन ७ गतेसम्म त लकडाउन गरेकै छ,’ उनले थपे, ‘व्यवसायीले कुनै योजना विना यातायात सञ्चालन गछौं भनेर हुँदैन । सरकारसँग छलफल गरेर समझदारीमा चल्नु पर्छ ।