![]()
People’s News : रविन्द्र ढुङ्गेल काठमाडौंं – ११ असार , अहिले सीमा विवादले चर्को रुप लिइरहेको छ । दुई ठुला देशहरुको बीचमा रहेको नेपाललाई ढम्बू धर्मसंकट आइलागेको छ । एकातिर भारतसँगको सीमा विवाद त अर्कोतिर अर्को छिमेकी चीनसँगको सीमा विवाद बढिरहेको छ । सीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल-चीन सिमाङ्कन भयो । त्यसमा केहि लेनदेन गरियो । नेपाललाई एउटा ईमानदार छिमेकी भन्दै चीनले बढी जमिन दियो तर त्यो कुनै दया थिएन , नेपाललाई बढ्ता दिएको ३०२.७५ वर्गकिलोमिटर जमिन चट्टान एवं हिउँले ढाक्ने बन्जर थिए । उता चीनले भने महत्त्वपूर्ण जमिन , पुरातात्त्विक महत्त्वका क्षेत्र, धार्मिक पर्यटकीय क्षेत्र , चरिचरण क्षेत्र तथा रमाइला बस्तीहरु लुटेर लग्यो । कतिपय सीमा विदहरुका अनुसार हुम्ला, डोल्पा, मुस्ताङ , मनाङ, गोरखा, रसुवा , दोलखा , सोलुखुम्बु,संखुवासभा र ताप्लेजुङमा गरि २ हजार एकसय ३९ वर्गकिलोमिटर जमिन चीनबाट नेपालतिर आएको थियो ।
भने दार्चुला, बझाङ , हुम्ला , मुगु, डोल्पा, मुस्ताङ, गोरखा,सिन्धुपाल्चोक , दोलखा , सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका गरि १ हजार आठ सय ३६.२५ वर्गकिलोमिटर जमिन नेपालबाट चीनतर्फ गएको थियो । समानता, आपसी हित , मित्रता तथा सद्भाव लगायत १२ सिद्धान्तका आधारमा नेपाल-चीन सिमाकंंन गरिएको थियो । तत्कालीन समयमा अङ्ग्रेजको आक्रमणको डर , उत्तरी सीमामा भारतीय सेनाको उपस्थिति र कहिँ कहिँ नेपाली प्राबिधिकले चीनसँग मिलेर गद्दार गरेकोले पनि नेपालले उत्तरका राम्रा गाउँ गुमाउन परेको हो । नेपाल र चीन सीमानामा १ नम्बदेखी ७९ नम्बरसम्म सीमा स्तम्भ छन् । पश्चिमी सीमा काली नदिको उद्घमस्थल लिम्पियाधुरा र पूर्व झिन्साङ्चुलिमा हालसम्म पनि स्तम्भ गाडिएको छैन । नेपाल र चीनबिच सन् १९६३, १९७९ र १९८८ मा सीमा प्रोटोकलमा हस्ताक्षर भइ संयुक्तरूपमा सीमास्तम्भ चुस्त दुरुस्त पार्ने काम भैरहेको थियो । तर नेपाली प्राबिधिकको गद्दारिका कारण चीनले नेपाली भुमिमाथी कब्जा जमाउँदै गएको हो । त्यसैले अब वार्ताबाट ठोस निष्कर्ष निकालेर सीमा विवाद सुल्झाउन आवश्यक छ ।
You must be logged in to post a comment.