![]()
people’s News : Abbulaish Ansari : वीरगञ्जको नारायणी अस्पताल मातहत रहेको अस्थाई कोभिड अस्पताल गण्डकलाई शनिवार स्वास्थ्य सामाग्री वितरण गरिएको छ । यसअघि पनि विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको भाई जान अफ वीरगञ्जले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अस्थाई गण्डक कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री नहुँदा स्वास्थ्यकर्मीहरु जोखिम मोलेरै उपचारमा सक्रियपुर्वक लागिरहेका छन् । सोही अवस्थामा आफुले प्रदान गरेका स्वास्थ्य सामाग्रीको उपयोग हुनुका साथै अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने अभिप्रायले स्वास्थ्य सामाग्री वितरण गरेको भाई जान अफ वीरगञ्जले जनाएको छ ।
सो अवसरमा अस्पताललाई ५ सय पिस सर्जिकल मास्क, २ सय पिस ग्लब्स, ५ लिटर स्यानिटाइजर वितरण गरिएको हो । यसैविच विभिन्न चोक, पसल, तथा ग्रामिण क्षेत्रमा पुगेर निशुल्क रुपमा मास्क वितरण गरेको भाईजान अफ वीरगञ्जका नौसाद अन्सारीले बताउनुभयो । सो अवसरमा बाटोमा आवतजावत गर्ने सर्वसाधारण, यात्रु, सवारी चालक, व्यापारी लगायत गरी ८ सय जनालाई मास्क वितरण गरिएको अनसारीले बताउनुभयो ।
You must be logged in to post a comment.