आम नागरिकको सहयोगबाट पीसीआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण

Loading

peoples news : Abbulaish Ansari : आम नागरिकबाट सहयोग रकम उठाएर वीरगञ्ज महानगरपालिकाले किनेको पीसीआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ । कोरोना कोष स्थापना गरेर वीरगञ्ज महानगरपालिकाले नगरबासीलाई पीसीआर मेसिन खरिदमा आर्थिक सहयोग आव्हान गरेको थियो, जसमा १ करोड ७२ लाख ६७ हजार ४ सय ७३ रुपैयाँ संकलन भएको थियो । त्यसमध्येबाट भ्याटसहित ६३ लाख ८३ हजार ३७७ रुपैयाँको पीसीआर मेसिन खरिद गरेर अस्पताललाई हस्तान्तरण गरिएको हो । वीरगञ्जका विजय कुमार सरावगी र नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायेल पीसीआर मेसिन सञ्चालन तथा व्यवस्थापनबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार भीटीएम किट लगायत आवश्यक सामाग्री संघ र प्रदेश सरकारसँग माग गर्ने र नपुगेमा महानगरसँग समन्वय गर्ने उल्लेख छ । मेसिनमा कुनै खराबी आए महानगरले मर्मत गर्नेछ । साथै कोरोना महामारी सकिएपछि मेसिन लगायतका उपकरण महानगरलाई फिर्ता गर्नुपर्नेछ । नारायणीमा अहिले भएको मेसिनले एक पटकमा ३४ वटा नमुना परीक्षण गर्छ । नयाँ मेसिनमा ७० वटासम्म नमुना टेष्ट गर्न सकिनेछ । यसले परिक्षण बढ्नेछ । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट उपाध्याय भन्छन्, ‘महानगरले दिएको मेसिन डबल क्पासिटीको छ । अब प्रदेश २ कै स्वाब परीक्षण गर्न सफल हुनेछौं ।