सरकारको नयाँ नियम १५ जनाको सिटमा ७ जना मात्र राख्न पाउने

Loading

काठमाडौं, असार १-सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन ।कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो तर व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ । नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग छलफल भइरहेको छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ । सार्वजनिक सवारी सञ्चालन सामाजिक दूरी कायम हुनेगरी गर्नुपर्नेछ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिने छ ।