![]()
Birgunj/Abbulaish Ansari वीरगञ्जमा सरकारको विरुद्धमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सरकार बिरुद्धको प्रदर्शन बारेमा पूर्व सूचना पाए लगतै प्रहरीले घण्टाघर लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर घेरा हाली प्रदर्शनकारीमाथि हस्ताक्षेप गरेका थिए । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउनको आव्हान गरेर सरकारले जनतालाई घरमा थुनेर राखेको जस्तै भएको बेला जनता झन भोकमरीले मर्ने हो की भनी सरकार बिरुद्ध आन्दोलन गरेका थिए । विभिन्न तहका सरकारले जन हितमा काम गर्न नसकेको भन्दै भिन्न भिन्न समूहले वीरगञ्जमा शनिबार प्रदर्शनका कार्यक्रम गरेका थिए ।
You must be logged in to post a comment.