राज्यबाटै नागरिकमाथि विभेद : राजेन्द्र महतो

Loading

काठमाडौं : जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महत्तोले राज्यबाटै नागरिकमाथि विभेद भइरहेको आरोप लगाएका छन । रुकुम घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले विरोध प्रदर्शनमा पुगेका महत्ताले अहिलेपनि विभिन्न बहानामा नागरिकमाथि राज्यले विभेद गरिरहेको बताएका हुन् । जातीय आधारमा नागरिकमाथि हुने अपराधका घटनाहरु नियन्त्रण गर्न सरकार असफल भएको नेता महतोको आरोप छ । नेता महत्ताले समाजमा नागरिकमाथि विभेद हुँदैन भनेर विश्वास दिलाउन नसकेको जिकिर गरे । उनले नागरिकको अधिकार स्थापीत गर्नका लागि आफुहरु लडिरहने पनि बताए । रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै समितिले निरन्तर काठमाडौंको माइतिघरमा प्रदर्शन गर्दै आएको छ ।