![]()
Peopels News : Simra :
Abbulaish Ansari/Simra : पर्सा प्रहरीले बुधबार एम्बुलेन्सबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । कोरोना माहामारीसंगै लागु औषध कारोवारीहरु भने आफनो कारेवारमा फस्टाएको देखिन्छ । माहामारी कै अवसर पारेर व्यापक रुपमा लागु औषध ओसार पसारमा युवाहरु अग्रसर भएकाछन् । यस्तो कारोवारमा धेरै जसो स्वास्थ्यकर्मिहरु नै विभिन्न माध्यमद्धारा सक्रिय भएको देखिन्छ । पर्सा प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार ना. ४ च. ८५९९ नम्बरको अल्पाइन मेडिकल कलेज सिमराको एम्बुलेन्बाट गाँजा बरामद भएको हो ।
राति करिब पौने ३ बजे पर्सा वीरगन्ज महानगरपालिका-२७ रामपुरबाट एम्बुलेन्ससहित तीन जनालाई पक्राउ गरिएको पन्तले बताइन् । उक्त गाँजा पर्सा बहुदरमाई-५ भौराट्टारतिर लगिँदै थियो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी-१५ का २३ वर्षीय जितबहादुर वाइबा, २२ वर्षीय दिलबहादुर वाइबा र बहुदरमाई-५ का ३२ वर्षीय हरिशंकर महतो रहेका छन् । उक्त गाँजा भारततर्फ तस्करी गर्न लागिएको थियो । प्रहरीद्धारा पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान थालेको छ ।
You must be logged in to post a comment.