![]()
Peoples News/ktm :
नेपालमा फितलो कानुन र ठुल ठुला व्यापारीको गुलामी गर्ने सरकारको कारण च्याउ झै उमरेको अस्पतालहरुले गर्दा विरामी निको हुनु भन्दा पनि लुटिएर आउने गरेको तथ्य विभिन्न समयमा आउने नै गरेको छ । हरेक अस्पतालमा नभएको रोग पनि उत्पादन गरेर बिरामीलाई लुटने गर्दा अधिकांस बिरामी आर्थिक बोझ लिएर घर फर्किने गरेको पनि छ । यसै विषयमा राम्रो अस्पताल भनेर बिरामी बयोधा अस्पताल पुग्दा अरु अस्पताल भन्दा दोब्बर भन्दा बढी महगो भएको र उक्त अस्पतालले रिपोर्ट पनि गलत दिए । अस्पताल अनुसारको औषधी खाँदा झन्डै मरेको थिए भनि एक विरामीले भने ।

रिपोर्टमाथि शंका लाग्दा विरामी अर्के अस्पताल पुगेर पुनः चेकजाँच गराउँदा

बयोधा अस्पतालको रिपोर्ट गलत आयो र खाएको औषधिले बिकार गरे पछी अर्को अस्पताल को रिपोर्ट अनुसारको औषधि सेवन गरे तत्पश्चात पछी अन्य अस्पतालको रिपोर्ट अनुसारको औषधीखाँदा पुर्ण सुधार हुँदै आएकोछ । बयोधा अस्पताल पनि र त्यहाँ को नाम चलेको चिकित्सक पनि डाका नै हुन भन्ने सम्मको आरोप लगाउनु भयो । नाम चलेका अस्पतालहरु पन हिजोआज बिरामीको ज्यानसंग नै खेल्ने गरेको प्रष्ट हुन्छ । यसरी अस्पतालहरुले गरेको मनपरिमाथि सरकारद्धारा कुनै कार्वाही नहुनुमा पनि सरकार यि अस्पताले व्यापारीहरुको गुलाम नै हुन भन्ने पनि प्रष्ट हुन्छ । नाम चलेका अस्पतालले दिएको गलत रिपोर्टको हिसाव किताव ठिक भए पछी कानुनी रुपले लिने भनी जानकारी निजले दिनु भयो । सामाचार संक्षेप सुनिल रंजन सिंहको फेसबुकवालबाट
You must be logged in to post a comment.