![]()
peoples News/Birgunj :
बिश्वका हरेक देश र उक्त देशका सरकार कोरोना नियन्त्रण गर्न सफल भै रहदा नेपालका सरकार भ्रष्टाचार गर्न सफल भएका छन् । नेपाल सरकारलाई कोरोनालाई माहामारीको रुपमा नहेरी एउटा पर्वको रुपमा मात्र हेरेकोले पनि नेपालमा कोरोना ४००० नाघनुमा सरकार कै प्रमुख हात हुन जान्छ । हरेक देश कोरोनाको कारण त्थहाका सरकार सडकमा आइ जनतासंगै दुःख कष्ट साटने गर्छ ।
तर हाम्रो सरकार जनातको दुःख कष्टलाई एक तिर थाँती राखी के मा कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने तिर मात्र ध्यान हुँदा आज देशमा कोरोनाको नाम्मा १० अर्व भ्रष्टाचार भै सकेको तथ्य छापामा आइ रहदा समेत सरकार त्थस प्रति कुनै चासो नदेखाउदा आज यूवाहरुको समूहमिलेर प्रधानमन्त्रीको कार्यालय घेराउ गर्दा सरकारबाट दमन गरियो ।
के जनताले देशमा भै रहेको भ्रष्टाचारको सत्य तथ्य जान्न खोज्नु गलत हो त ? पकै होइन । सरकार कोरोना रोकथामप्रति पुर्ण असफल भएको छ । सरकार परिवर्तन हुने हल्ला पनि व्यापक चलेको पनि हो तर हल्ला गर्नेहरुलाई नै किनियो । तर विश्व ब्यापी फैलिएको कोरोना वाइरसबाट हाम्रो देशमापनि जनता झनै तीन महिना देखि लकडाउनको पालना गरिरहेका छन् ।
तर नेपाल सरकार न त जनतालाई केही राहत नै दिए न त कोरोना रोक्ने काममा सफलता प्राप्त गरे । झनै अरब रुपया कोरोना रोकथाम गर्नमा खर्च देखाई भ्रष्टाचारी गरे । यति मात्र हैन MCC पास गरेर देशलाई गुलाम बनाउने र MCC बाट आएको रकममापनि भ्रष्टाचारी गर्ने कुरापनि पकै होला ।