![]()
![]()
नेपालमा अहिले विभिन्न माध्यमबाट आफनो रिस पोख्ने बाताबरण बनिसकेका छन् । आन्दोलन पनि कति जाय कति नाजायज पनि हुने गरेकोछ । देशको आन्दोलनको तरिका र अवस्था हेर्दा कतै जातियबादको आगोमा देश जादैटन् कि भन्ने पनि भान हुन्छ । यसै क्रम्मा देशमा भै रहेको सरकारी दमन बिरुद्ध एक जना युवतीले आक्रोस पोखे । आशिका गुरुङ नामको एक महिलाले देश र प्रहरी संगठन माथिनै धावा बोलेकी छिन् । सामाजिक सञ्जाल टिककट मार्फत उनले सरकारलाई चेतना दिन प्रहरीलाई मर्ने गरी कुट्नु पर्ने गाडी जलाउनु पर्ने र एक दुई जना जनता मर्न तयार हुनु पर्ने बताएकी छिन् । पुलिसको गाडी जलायो भने सरकार औकातमा थाहा हुने जस्ता शव्द भिडियोमा प्रयोग गरेकी छिन् । प्रहरीलाई मार्नु, ढुङगामुढा गर्नु र गाडी जलाउनु समेत भनिन् । आफु विदेशमा भएकाले केही गर्न नसकेको र स्वदेशमा हुनेले प्रहरीलाई हान्नुको विकल्प नभएको भन्दै आक्रमण गर्न सुझाव दिएका छन् । फुच्ची गुरुङनी नामको एकाउन्टबाट उनले पटक पटक भिडियो बनाएर देश र नेपाल प्रहरीको संगठन माथि यस्तो बोलेकी छिन् । उनी किन देश र प्रहरी संगठनलाई गाली गरेको भन्ने केही खुलाएको छैन। उनले गरेको गालीमा माफी माग्न भन्दै कमेण्ट गरेको भन्दै उनले फेरी आफु कमेन्ट होइन खुट्टाको धुलो चटाउने समेतको धावा वोलेकी छिन् । आस्था राउत काण्ड सेलाउन नपाउदै यि महिलाले प्रहरी माथि अर्को फण्डा शुरु गरेकी छिन् । यसरी जथाभावि अभिव्यक्ति दिने र सिंगो राष्ट्र, सिंगो प्रहरी संगठन माथि जथाभावि बोल्न आँट गर्ने यि युवतीलाई प्रहरीले किन कारवाही नगर्ने भन्दै सामाजिक सञ्जालमा छाउन थालेको छ ।
You must be logged in to post a comment.