अर्थमन्त्रीको देश व्यापी रुपमा चर्को बिरोध : Birgunj/Abbulaish Ansari

Loading

Abbulaish Ansari – Birgunj : नेपालमा माहामारीको प्रकोप बढी रहदा तथा जनता भोकमरीको त्रासमा जिवन बाध्य भे रहदा पनि सरकारले जनता माथि दिइएको कर को बज्रपातको भर्को बिरोध भएका छन् जसको नतिजा देश व्यापी बिरोद्ध तथा आन्दोलनको कार्यक्र भएका छन् । यसै बिच नेकपा महानगर कमिटीका अध्यक्ष रहबर अंसारीको नेतृत्वमा वीरगञ्जको मुख्य चोकमा अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन भएको छ । सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि यसको चौतर्फी बिरोध सुरु भएको छ । पानी परेका बेला पनि भिज्दै उनीहरुले कपडा खोलेर अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् । घण्टाघर चोकमा भेला भएका युवाहरुले जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगए । उनीहरुले जनता भोकै छन्, चुल्हो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, डुबन्ते अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए । अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो । यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरिसकेको छ । सरकारले दुई महिनाभन्दा बढी समयदेखि नागरिकलाई घरभित्रै थुनेर अहिले कर तिर्न उर्दी जारी गर्नु उचित नभएको भन्दै सर्बत्र यसको विरोध सुरु भएको छ ।