सामाजिक संस्था सानो पाइलाको निशुल्क भोजन शिविर : abbulaish Ansari

Loading

pnews-Abbulaish Ansari Birgunj : लकडाउनका कारण देशका हरेक क्षेत्रका गरिब समूदाय र मध्यवर्गिय समूहहरुको विचल्ली हुँदा पनि सरकारले कुनै चासो नदेखाउदा स्थानिय समूह र युवाहरुको सक्रियता देखिन थालेको छ । यसै बिच गरीहहरुका लागि एक सामाजिक संस्थाले विहान बेलुकको समयमा गरिबहरुको लागि खानाको व्यवस्था गरेका छन् भन्ने जानकारी हाम्रा रिपोर्टर अबुलेश अनसारीले दिए । सामाजिक संस्था सानो पाइलाको सक्रियता बेल्वामा निशुल्क भोजन शिविर सुरू भएको छ । लकडाउनका कारण प्रभावित भएको वीरगञ्ज महानगरपालिका वडा नं ३२ बेल्वामा रहेको मुसहर बस्तीमा भोजन शिविर सुरू गरेको सानो पाइलाका सञ्चालन प्रमुख जय शाहले जानकारी गराएका छन् । बिहान बेलुका गरि दुइ समयको भोजन हाल वितरण भइरहेको छ । लकडाउनको अवधीसम्म भोजन शिविर सञ्चालन भइरहने जनाइएको छ । लगातार ७१ दिनकोे लकडाउनका कारण मुसहर बस्तीका बासिन्दाहरूको विचल्ली भएको थियो । हाल सञ्चालन भइरहेको भोजन शिविरबाट दैनिक ३०० व्यक्तिले प्रत्यक्ष लाभ लिइरहेको सञ्चालन प्रमुख शाहले बताए ।