तराई अस्पताल वीरगंजको ठगी धन्दा : Birgunj/Abbulaish Ansari

Loading

Abbulaish Ansari Birgunj : तराई अस्पताल वीरगंजले रौतहटका एक बिरामीसँग १० हजार को बिल बनाइ कोरोनाको अशंका गरी जबरजस्ती गण्डक कोभिड अस्पताल पठाएको छ । जेठ १४ गते रौतहट मौलापुर वडा नम्बर ६ का पिन्टु दास तराई अस्पतालमा भर्ना भएका थिए । उनलाई डा। रोशन कुर्मीले अस्पतालमा भर्ना गरी २४ घण्टा राखेर ती बिरामीलाई कोरोनाको आशंका गरी रु। दश हजार लिएर जबर्जस्ती गण्डक कोभिड अस्पतालमा रेफर गरेका थिए । गण्डक कोभिड अस्पताल मा आशङ्कित बिरामीलाई नराखिने पोजेटिभ पुष्टि भएका बिरामीलाई मात्र राखिने भन्दा पनि तराई अस्पतालले राख्न नमाने पछि उनी गण्डक अस्पतालमा जेठ १५ गते भर्ना भएका थिए । धेरै नै गरीब ती बिरामीलाइ डा। उदय नारायण सिंहले उपचार गर्नु भएको थियो । स्वाब संकलन गरी ती बिरामीको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आउँदा गण्डक अस्पताल मा राखेर उपचार गर्न नमिल्ने भए पछि पुनः तराई अस्पतालमा उपचार गराउन जाँदा अस्पतालले भर्ना गर्न मानेन । गरीब परिवार का ती बिरामीसँग भएको सबै रुपैयाँ करीब १० हजार लिएर अलपत्र अवस्थामा बिरामीलाइ तराई अस्पतालले छाडेको पिडित परिवार ले बताएका छन् ।