लकडाउन अवधिमै सरकारलाई सम्पूर्ण कर तिर्नुपर्ने पश्चात जनताद्वारा आन्दोलनको चेतावनी

Loading

pnews.com.np : काठमाडौं । सरकारलाई जेठ २५ गतेभित्र सबै कर बुझाउनुपर्ने भएको छ । बन्दाबन्दी (लकडाउन) का कारण सरकारले कर तिर्ने समसयीमा जेठ २५ गतेसम्म सारेको थियो । अब लकडाउन जारी रहे पनि २५ गते  अर्थात आउँदो आइतबारभित्र उद्योगी व्यवसायी सबैले बुझाउनुपर्ने सम्पूर्ण कर बुझाउनुपर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए ।  ‘व्यवसायीले सरकारले बुझाउनुपर्ने जे जति करहरु छन्, २५ गतेभित्र बुझाउनुपर्छ  अब समय थपिँदैन्, चैत बैशाख र जेठमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) आयकर, अन्तशुल्कलगायत सम्पूर्ण कर बुझाउनुपर्छ । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि कर तिर्ने समय पनि पछि सारेको थियो । अब समय नथपिने  जानकारी दिए । सरकारले समय नथप्ने भएपछि व्यवसायीले डकलाउनकै बीचमा कर तिर्नुपर्ने भएको छ। लकडाउनका कारण राजश्व संकलन प्राय ठप्प छ । यही अवस्था रहेमा सरकारले कर्मचारीलाई तलव समेत खुवाउन समस्या पर्ने छ ।