लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त लकडाउन उल्लंघन गर्ने व्यवसायीको चेतावनी

Loading

pnews.com.np : नेपालका व्यवसायीहरूले देशमा जारी लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको भन्दै सरकारलाई चेतावनी दिएका छन् । उद्योग वाणिज्य संघले व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरूको आग्रहलाई बेवास्ता गरेको भन्दै बजार खुलाउने जानकारी दिएको हो । संघले पटक–पटक प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि सकारात्मक धारणा नआएको भन्दै संघले बाध्य भएर बजार खुलाउने निर्णय गर्नुपरेको बताए । ‘प्रशासनसमक्ष आग्रह गरियो तर, प्रशासनले संघीय सरकारकै अनुमति चाहिने भन्दै हामीलाई बेवास्ता गरिरह्यो, त्यसैले अब बजार खुल्छ खुल्छ । ११ चैतदेखि जारी लकडाउनले व्यवसायीहरू चरम पीडामा परेको भन्दै सुरक्षा संवेदनशीलता अपनाएर बजार खुलाइने संघले जनाएको छ ।

रोगले होइन, भोकले मर्ने स्थिति छ’ भन्दै सबै वस्तुगत संघहरूले बजार खुलाउने तयारी गरेका हुन् । व्यवसायीहरूको धैर्यधारण गर्ने समय सकिएको बताए । उनले व्यवसाय धरापमा परेको भन्दै बजार खुलाउनुको विकल्प नभएको धारणा राखे । व्यवसायीहरूमा बैंक ब्याज, पसल भाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानहरूको म्याद गुज्रिने तथा क्षति हुन सक्ने सम्भावित अवस्थाले मानसिक तनावमा रहेको संघको भनाइ छ । ‘यी सबै अवस्थालाई अबका दिनमा सहन सक्ने स्थिति नआएको हुँदा सरकारले अनुमति नदिए पनि हामी बजार खुलाउने तयारीमा पुगेका हौँ ।

२१ जेठदेखि सबै व्यवसायीहरूलाई सुरक्षा अपनाउँदै व्यवसाय सुचारू गर्ने वातावरण मिलाइदिन संघीय सरकारसमक्ष अनुरोध पनि गर्दछौँ । संघले भनेको छ, ‘उपभोक्ताहरूले पनि सचेत रहँदै सुरक्षा अपनाएर किनमेलमा सहभागी हुन अनुरोध गर्दछौँ । प्रशासनले हरेक दिन बिहान ९ बजेसम्म अत्यावश्यक वस्तुका पसल खुल्न अनुमति दिएको छ । प्रशासनको अनुमति बेगर अत्यावश्यकभित्र नपर्ने पसलहरू पनि खुल्ने गरेका छन् । केही व्यवसायीहरूले प्रशासनको आँखा छलेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।