![]()
pnews : खुशी लाल यादव-सिरहा जिल्ला : अध्यक्ष आम आदमी पार्टी नेपाल : लकडाउन लकडाउन भन्दा भन्दा पनि ३ महिना हुन लागे तर पनि यस माहामारीको उपचार र रोकथाममा सरकारबाट कुनै ठोस कदम चालिएन जनता सधै अनयौल मै रही रहे । सरकार कोरोनालाई पहिलो प्राथमिक्तामा राख्नु पर्ने हो तर सरकार भ्रष्टाचार, भाँडभैलो, कहिले माहाकाली त कहिले ःएमसिसिको कुरा उचाली जनताको ध्यान अर्के तिर लान खोजेको हो की भन्ने पनि देखिन्छ । तर देशको समस्यालाई हेरेर कोरोना पर्खिने होइन कि झन उग्ररुप लिएर आए अहिले कोरोना संक्रमितको संख्या प्रत्येक दिन १०० देखी १३८ को हाराहरीमा बढने क्रम जारी हुँदा पनि केन्द्र सरकार र प्रदेश सरकार मौन जस्तै देखिन्छ । हालैको जानकारी अनुसार प्रदेश नं. २ का सरकारले कोरोना बिरुधको लडाइमा म हारे भनेर केन्द्र सरकारलाई सहयोगका लागि आवहन गरेकोले पनि सरकारको दायित्व जनता भन्दा पनि कुर्सीमा मात्र केन्द्रीत रहेको पनि प्ष्ट भएको छ । अब सरकारले तुरुन्त सबै किसिमको लकडाउन हटा जनतालाई आफनो हालमा छोडनु पर्यो । आम आदमी पार्टी नेपालका सिराहा जिल्ला अध्यक्ष खुसिलाल यादवको भनाई अनुसार लकडाउनको कारण कलकारखाना बन्दले दैनिक मजदुरी गर्नेहरुका साथ साथै स्कुल बन्द हुँदा बिधार्थीहरंको भविष्य अन्धकार हुदैछ स्कूलहरुमा संचालकहरुले बिषेश सुरक्षा अपनाई स्कुलहरूपनि खोल्नु पर्छ भन्ने कुरा राख्नु भयो । कम्यनिष्ट सरकारले देशमा भईरहेको कोरोना माहामारीलाई रोक्न खासै कुनै किसिमको उपाय गरेकोपनि देखिदैन । नेकपा सरकार कमाउ धन्दामा मात्र सिमित रहेको पनि प्रष्ट छ । राहत भ्रष्टाचारी, औषधीमा भ्रष्टाचारी, औषधी जन्य सामानमा भ्रष्टाचारी आदी इत्यादी भ्रटाचारको मात्र हल्ला मात्र सुनिन्छ । पर्याप्त मात्रामा कोरोना परिक्षण नगर्ने हो भने लकडाउन हटाए हुन्छ ।