![]()
Pnews -Birgunj : Abbulaish Ansari : वीरगंजमा पुन एकजनामा कोरोना पोजेटिभ फेला परेको छ । नारायणी अस्पतालका अनुसार विहिबार वडा नं. ३ को छपकैयामा १२६ जनाको स्वाब कलेक्सन मध्ये ६२ वर्षिय एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको कोरोना उपचारका प्रमुख चिकित्सक डा. निरज सिंहले बताए । बुधबार १७ जना कोरोना संक्रमित फेला परेसंग वीरगंज महानगरपालिकाको वडा नम्बर ३ संगै १ र २ मा पनि पिसिआर टेष्ट गर्न‘ु पर्ने भएको हो । त्यसै अनुसार शुक्रबार पनि स्वाब क्लेक्सनको काम भएको छ ।
अस्पतालका ल्याब टेक्निसियनका अनुसार शुक्रबार २७४ जनाको स्वाब कलेक्सन भएकाहरुको आज रिपोर्ट आउनेछ । यता दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपनि नारायणी अस्पतालमा कीटको अभाव कायमै रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । हाल मौज्दात कीट मध्ये हामीसंग स्वाब कलेक्सनका लागि १०० वटा मात्रै कीट रहेको उनले जनकारी गराए । आज पुष्टि भएको ७ जनासंगै नेपालमा १०९ जना संक्रमित पुगेको छ ।