![]()
pnews- : महिला नेतृ – मधुमाया यादव आम आदमी पार्टी नेपाल : आज काठमाडौंको मुटु सिंह दरबार अगाडी २०/२५ जनाको चाइनिज समूहले नेपाल सरकारको सुरक्षाकर्मीलाई बर्दिमै हानाहान तछाड मछाड गरिरहेका बेला नेपाल सरकार मुख दर्शक भएको अवस्थाले नेपालको स्वभिमान माथि प्रश्न उठेको छ । यस्तो घटना यदी कुनै आफ्नै देशको मधेशी, मुस्लिम, थारू, दलितले गरेको भए ओली सरकार टाउको र छातीमा गोली हान्न बेर हुदैनथ्यो होला । अथवा कुनै भारतीय नागरिकहरूले यस्तो घटना गरेको भए नेपाल सरकार र अन्य चुप लागेर हेरि रहदैनथे होला । चिनियाले यसरी प्रहरीलाई कठालो समातेर अक्षार पक्षार गर्दा के कानुन नलाग्ने हो । नेपाल जुन बर्षौ देखि अनुसाशन, सदभाव, शान्त देश भनेर चिनिने गर्छ २०५६/५७ पछि यस देशमा अनेक अविश्वस्निय व्यवहारहरुको आगमन भयो जस्को फलस्वरुप देशमा जातियता, हेप्ने प्रबृति, अनुहारको राजनिति, त्थसै विच भए ऋतिक रोशन काण्ड जसबाट नेपालका हरेक मधेशी भारतसंग अनुहार मिलेकै कारण नेपाल प्रहरी र पाहाडी (नेपाली भन्न रुचाउने समुह) को शिकार बन्नु पर्यो कारण नेपालमा केही थिएन ऋतिकको नेपालबारे बोलेको एक शव्दले नै हो एत्रो काण्ड मच्चायो गल्ती त मधेशी, थारु, मधेशी दलितहरुको थिएन अनि किन शिकार बन्नु पर्यो त्यसको जवाफ न सरकार संग छ न उक्त समुहका जनतासंग प्रहरीलाई कठालो समात्ने अधिकार चिनियालाई कस्ले दियो उसको अनुहार ले वा नेपाल सरकारले कस्ले ? चिनियाद्धारा गरेको यस्तो कार्य घृनित रहेकोले यसमा ठोस कदम चाल्न सरकारले पहल गर्नु पर्ने देखिन्छ । नेपाल अहिले सम्म आफ्नो आनबानमा रहदै आएको छ र यसको सुरक्षा प्रधानमन्त्रीले गर्न सक्दैन भने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिए हुन्छ ।