जनता भोकभाकै मर्दै सरकार २ कडोरको गाडी किन्दै : नरेश यादव

Loading

PNEWS-DHANUSA : नरेश यादव–जिल्ला अध्यक्ष धनुषा : आम आदमी पार्टी नेपाल नेपाल भनौ वा बिश्व अहिले महामारी को संकटसंग संघर्ष गरिरहेका छ्न । बिश्वका विभिन्न देशहरूले यस्तो संकट्को घडिमा आफ्ना जनता र देश जोगाउन विभिन्न किसिमको पहल गरिरहेको छ तर हाम्रो सरकार मौन छन सरकारको ध्यान त छन तर मात्र भ्रष्टाचार तिर कोरोनाबाट देश र जनता कसरी बचाउने भन्दा पनि भविष्यका लागि आफनो समपति कसरी बढाउने भन्ने सोच मात्र बनाएर अगाडी बढने हाम्रा सरकारले के गर्न खोजेका छ्न त ? नेपाली जनता महामारीको कारणले त कम तर भोखमरिले मर्ने अवस्था देशमा सृजना भएको छ । करिब डेड महिनाको लकडाउले धेरै नेपाली जनतालाई दुई छाक खान पनि गाह्रो भाइरहेको कुरा सरकारलाई अवगत भएकै कुरा हो तर यस्तो संकटको घडीमा जनताको ज्यान रक्षा गर्नु र जानताको समस्या समाधान गर्नुको सट्टा सरकार कुर्सीको खेलमा लागेको छ । यसबाट सरकारको जनता प्रतिको नियति प्रष्ट हुँदै छ । यस्तै अवस्था रहियो भने जनता यो महामारीले कम र भोखमरी को कारणले मर्ने निश्चित छ । देश आर्थिकको चपेटामा पर्दा पर्दै देश भन्दा पनि बढी ध्यान सरकारको विलासी जिवनको रोजाइ नैपहिलो स्थानमा रहेको देखिन्छ । अहिले देशमा जनता भोकमरीको चपेटामा पर्दा पनि सरकारद्धारा पानीजहाज कम्पनिको लागि लगभग २ करोरको गाडी किन्न मै व्यस्त देखिन्छ । भ्उ त पानीजहाज कम्पनि देशमा किन चाहियो सोच्नीय विषय हो त्थकमाथि २ करोरको गाडी नै किन चाहिने हो र ? अहिलेको स्थितीमा उक्त रकम जनतामाथि खर्च गर्दा उत्तम हुने थियो कि ? राहतको नाममा दस पन्ध्र किलो चामल दिएर समस्या समाधान हुने होइन । यो लाकडाउनको परिस्थितिले भोखमरीको साथ साथै महिला हिंसा बढेको छ । साथै जनतको मंसिक अवस्था समेत बिग्रने खतरा रहेका छ। तसर्थ सरकारले तत्काल जनताको समस्या समाधान गर्नुपर्दछ । देशकोमा आउने आर्थिक संकट बाट बच्न समाजिक दुरिकायम गरि देशको कलकारखाना संचालनमा लयाउनुपर्दछ । देशका खतरा मुक्त क्षेत्रमा लकडाउन खुकुलो पारी पूर्ण सावधानीका साथ जनताको दैनिकी सुरु गर्न सरकार सङ्ग आम आदमी पार्टी नेपाल जोरदार माङग गर्दछ ।

Leave a Comment