रौतहटका नक्कली डाक्टरले किशोरीलाई गरे बलात्कार

Loading

pnews-रौतहट -जिल्लाको फतुवा विजयपुर–४ की पन्ध्र वर्षीया किशोरीलाई भिटामिनको इन्जेक्सन लगाउन भनेर बोलाइ बलात्कार गरेको खुलासा भएको छ । विजयपुरकै ५२ वर्षीय टेकबहादुर चौधरीले गाउँकै किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

घटना तीन महिनाको भए पनि पीडित चार महिनाको गर्भवती भएपछि बल्ल सार्वजनिक भएको हो । गरिब परिवारकी किशोरीले डरका कारण घटना लुकाएको बताइएको छ । उनलाई बुधबार जिल्ला अदालतबाट ७ दिन म्याद थपेर इलाका प्रहरी विजयपुरले घटनबारे अनुसन्धान थालेको छ । चौधरीले आफूलाई डाक्टर भन्ने गरेको स्थानीयको भनाइ छ । उनी डाक्टर भने होइनन् । गएको माघको पहिलो साता बजारमा बिस्कुट किन्न गएकी किशोरीलाई चौधरीले बाटोमा भेटेर भिटामिनको सुई लगाउन भनेर क्लिनिक लगेका थिए । ‘तिमीलाई आमाले भिटामिनको सुई लगाइदिनुस् भनेर भन्नुभएको छ’ चौधरीले किशोरीलाई यसरी फकाएर लगेका रहेछन्, ‘किशोरीको बयानको आधारमा घटनाबारे सुनाउँदै प्रहरी निरीक्षक चन्द्रकिशोर साहले भने, ‘चौधरीले पटकपटक भिटामिन सुई लगाउने बाहनामा जबर्जस्ती करणी गरेका रहेछन् ।’

बलात्कारपछि किशोरीले डरले कसैलाई भन्ने आँट गरिनन् । तर उनको पेटमा गर्भ बसेको रहेछ । समय बित्दै गएपछि गाउँलेले किशोरीको पेट ठूलो भएको देखे । यसबारे आमाले गाइँगुइँ थाहा पाएर दुई दिनअघि छोरीलाई सोधेकी थिइन् । छोरीको कुरा सुनेपछि आमा सिधै चौधरीको क्लिनिक पुगेर छोरीमाथि बलात्कार गरेको भन्दै कराइन् । चौधरीले कतै नभन्नु भनेर डर देखाउँदै गर्भ झर्ने औषधि खान दिए । गाउँमा हल्ला चलेपछि पनि साहले चौधरी र पीडित किशोरीलाई बोलाएर सोधपुछ गरे । चौधरीले आफूमाथि पटकपटक जबर्जस्ती गरेको प्रहरी समक्ष बयान दिइन् । ‘भिटामिनको सुई लगाउन भन्दै जबर्जस्ती गर्‍यो,’ किशोरीले प्रहरी समक्ष भनिन्, ‘डरले कसैलाई भन्ने आँट गरिन् ।’ किशोरीकी आमाले तत्कालै प्रहरीमा किटानी जाहेरी दिएपछि चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरी निरीक्षक साहले सुनाए । प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गरेको छ । चौधरी चिकित्सक होइनन् । उनी छोराले सञ्चालन गरेको क्लिनिकमा बस्ने गर्थे । त्यही बसेपछि उनले औषधिको नाम र आफूलाई डाक्टर भन्ने गरेको प्रहरीले बताएको छ ।kantipur

Leave a Comment