सिराहा : मिर्चैयामा प्रहरीद्धारा ५ राउणड हवाइ फायर

Loading

pnews/Siraha/मिर्चैया : नगरपालीका वडा नं. ७ मा प्रदेश सरकारद्धारा उप्लब्ध गराएको राहत वितरण गर्ने क्रममा मिर्चैया नगरपालीका वडा नं. ७ मा स्थानीय प्रहरीलाई ५ राउणड हवाइ फायर गर्नु परेको छ । कार्यपालीका सदस्य विजय कुमार साहले यो घटना पुर्ण रुपमा वडा अध्यक्षको एकल मानसिकता ले गर्दा घटना हुन गएको हो । कार्यपालीका वैठकवाट यस घटनाको विस्तृत छलफल गरिने समेत वताउनु भयो । वडा अध्यक्षले आफ्नो आसेपासेको मात्र नामावली दिएको र अन्य दलको प्रतिनिधीहरुलाई कुनै पनि समयमा समन्वय नगरी एकलौटि रुपमा राहत वितरण गर्ने क्रममा गरिव, विपन्न परिवारहरुले विरोध र आफुहरुले पनि राहत पाउनु पर्ने माग गर्दै वडा अध्यक्षलाई हात पात गर्ने क्रममा उक्त घटना हुन गएको स्थानीय श्रवण मसराङ्गीले वताउनु भयो । वडा कार्यलयमा विगत एक हप्ता देखी राहत वितरणको नाममा विवाद हुँदै आइ रहेपनि आइतवार इलाका प्रहरीमा सम्पुर्ण राजनितिक दलहरुविच आपसि समझदारी गराई जर्वजस्ती सहमती गर्नुपरेको अन्यथा अर्को चरणको समेत राहत वितरण गर्न ढिलाइ भइरहेकोले सहमति गरियो तर एकलौटि नामावली रहेको र आफ्नो आसेपासे मात्र रहेकोले सहि सत्य गरिव, विपन्न ले राहत नपाउँदा उक्त घट्ना स्वस्फुर्त हुन गएको हो । यस्तो घटना नहुनु पर्ने यो दुःखद हो । नेता वजरंग साहले वताउनु भयो । चारैतिर तेस्रो चरणको राहत वितरण हुँदै गर्दा मिर्चैया नगरपालीकामा दोस्रो चरणमै विवाद हुँदै आइरहेको छ । दोस्रो चरणको राहत वाँड्न मिर्चैया नगरपालीका वडा नं. ७ मा हैकमवादी पाराले राहत वाँड्ने नाममा धाँधली गरिरहेको स्थानीय दलका प्रतिनिधिहरुले वताएका छन् । कुनै कसैको पनि राजी खुशि विना नै राहत वाँडने प्रदेश सरकारको निर्देशिका मिचेर राजनीतिक दलको प्रतिनिध को निर्णय विना नै राहत सामाग्रि खरीद र प्याकिङ्गगरि भ्रष्टाचार समेत हुन सक्ने स्थानीय जन प्रतिनिधहरु वताउँछन् । प्रदेश सरकारको निर्देशिका अनुसार स्थानीय राष्ट्रिय पार्टिको प्रतिनिध रहनुपर्ने लगायत अन्य संघ संस्थाको प्रतिनिध सहित राहत वितरण समिति हुनु पर्नेमा एकलौटि रुपमा गैर राजनितिक चरित्रका साथ वडा अध्यक्ष प्रस्तुत भई धाक धम्की देखाउने कार्य गरिरहेको नेपाली कांग्रेसका पार्टि प्रतिनिधले जानकारि गराएका छन् । आफुले गल्ती गरेको स्विकार्दै समन्वय गर्न नसकेकोमा क्षमा माग्दै राहतको लागी छुटेको सम्पुर्णलाई अर्को चरणमा राहत वितरण गर्ने वडा अध्यक्ष रामकुमार यादवले वताउनु भयो । स्थिति सामान्य पार्नको लागी भारी संख्यामा नेपाली सेना, शसशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको इलाका प्रहरी मिर्चैयाका डि एस पि शन्तु जयसवारद्धारा जानकारी भयो । उक्त घटनाको समिक्षा गर्ने नगर प्रमुख श्रवण यादवले गर्ने र आगामी दिनमा यस् प्रकारको त्रुटि गर्नेलाई कानुनि दायरामा ल्याउने समेत वताउनु भयो ।

Leave a Comment