सरकारको सामान्य चाल तथा जनताको हेलचक्राईले निम्ताइएको ८२ जना संक्रमित

Loading

Pnews : नेपालमा कोरोनालाई सरकारद्धारा सामान्य तरिकाले हेर्ने गरेको तथ्यले आज ७ वाट ८२ पुग्यो यसरी ह्वातै बढनुमा सरकार भन्दा पनि जनता आफै बढी जिम्मेवार देखिन्छ । सरकारद्धारा जहाँ छौं त्यही बस भन्दा नमान्दा आज यस्तो अवस्था श्रीजना भयो काठमाण्डौबाट जान नदिए पछि आन्दोलनमा उत्रिने जनता फेरी काठमाण्डौ आउन दिएन भनेर आन्दोलनको कारण र प्रहरी प्रशासनद्धारा रात्रिको समयमा के हेरेर हो कस्को आदेशमा हो यात्री आवत जावत गराएको कारणले पनि आज नेपालमा पुर्व देखि पश्चिम सम्म कोरोनाले भहवय स्थिती निम्ताउन सक्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । मङ्गलवार बिहान एउटा विज्ञप्तिमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका हुन् । उनीहरू नौदेखि ५५ वर्ष उमेरका व्यक्ति छन् ।सबै जना नेपालगन्ज ८ का निवासी भएको र उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाभाइरस सङ्क्रमण नक्सो नेपालगन्जमा एकै पटक धेरै सङ्क्रमित भेटिनुको कारण प्रहरीको कमजोरी र जनताको लापारवाही नै हुन । यो वृद्धिसँगै प्रदेश नं ५ मा कोभिड १९ गराउने कोरोनाभाइरस भएका व्यक्तिको सङ्ख्या २४ पुगेको छ । यसअघि नेपालगन्जमा १५ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि आइतवार भएको थियो ।

नेपालगन्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न थालिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो । भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको थियो । त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको थियो । को हुन् नेपालगन्जका सङ्क्रमित अहिले नेपालगन्जमा मात्र कोभिड १९ भएका व्यक्तिको सङ्ख्या २३ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका ८ जोलहनपुरुवामा भेटिएका सङ्क्रमित व्यक्तिलाई पछ्याउने क्रममा सोही स्थानका अरू २२ जनामा कोरोनाभाइरस देखिएको हो । मङ्गलवार सङ्क्रमण पुष्टि भएकामध्ये ती ६० वर्षीय पुरुषको परिवारका सदस्य पनि छन् । चार करोडभन्दा बढीको ज्यान लिएको स्पेनिश फ्लूबाट विश्वले के सिक्यो ? कोभिड १९ भ‍एका बिरामीलाई घोप्टो पार्दा कसरी ज्यान जोगिन सक्छ । नेपालगन्जमा सङ्क्रमण देखिएका व्यक्तिमा सात र नौ वर्षका बालिकासहित ११ महिला र १२ पुरुष छन् । पहिलो सङ्क्रमित व्यक्तिको परिवार, आफन्त, उनले पढाउने विद्यार्थी र उनको सम्पर्कमा रहेका ९४ जनाको शनिवार र आइतवार स्वाब सङ्कलन गरिएको थियो । सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका अन्य मानिसलाई पहिचान गरी थप २०० जनाभन्दा बढीबाट नमुना सङ्कलन गर्न लागिएको जानकारी नेपालगंज संवाददाताले दिए। नेपालगन्जमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ह्वात्तै बढेको पाइएपछि कोरोनाभाइरस महामारी फैलिन नदिन, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान गर्न र परीक्षणका लागि नमुना सङ्कलनलाई प्रभावकारी बनाउन तीन दिनसम्म नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालले कोभिड १९ सँग जुझ्ने रणनीति फेर्नुपर्ने बेला आएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिव बहादुर सिंहका अनुसार सङ्क्रमित व्यक्तिसँग भिडिओ कल गरेर उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिबारे विस्तृत रूपमा बुझ्ने काम भइरहेको छ ।

के छ नेपालको स्थिति अहिले नेपालमा सर्वाधिक सङ्क्रमित व्यक्तको सङ्ख्या प्रदेश नं १ मा छ । उनीहरू सबैलाई विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ । अहिलेसम्म कर्णाली प्रदेशबाहेक अन्य छ वटा प्रदेशमा कोरोनाभाइरस भेटिएको छ । के नेपालमा भाइरसको सङ्क्रमण ुतेस्रो चरणुमा पुगेको हो खाडी मुलुकमा नेपाली कोभिड १९ सङ्क्रमितको सङ्ख्या यकिन गर्नै समस्या सोमवार अपराह्णसम्म प्राप्त विवरणअनुसार पीसीआर विधिबाट देशभरि १३,६०० वटा भन्दा बढी परीक्षण भएका थिए । मन्त्रालयका अनुसार सोमवारसम्म २१,५०० जनालाई क्वारन्टीनमा राखिएको थियो । मन्त्रालयका अनुसार सबै सङ्क्रमित व्यक्तिको स्वास्थस्थिति सामान्य छ । नेपालमा अहिलेसम्म कोभिड १९ भएर कसैको मृत्यु भएको पुष्टि भएको छैन ।bbc

Leave a Comment