कोरोना नेपालको लागि चुनौती : नरेश यादव-जिल्ला अध्यक्ष धनुषा (आम आदमी पार्टी नेपाल)

Loading

Pnews/Dhanusha : बिश्वव्यापी रूपमा फैलिएको माहामारी कोरोना नेपालको लागी चुनौती संग संगै अवसरको रुपमा पनि लिन सकिन्छ । अहिलेको परिस्थिति हेर्ने हो भने कोरोना बाट प्रभावित देशहरू बाट हजारौं को संख्यामा विभिन्न किसिमका कम्पनीहरु प्लायन हुने अवस्थामा पुगी सकेका छन् भने केही पलायन भै सकेका छन् । हाम्रो छिमेकी राष्ट्र चिनबाट मात्रै करिब दस हजार कम्पनी प्लायन हुने निर्णय गरिसकेका छन । यी कम्पनीहरु नयाँ देश र नयाँ ठाँउको खोजिमा सक्रिय छ्न । नेपाल कोरोनाबाट अति कम प्रभावित देशहरूमा छ्न र बिश्व स्वस्थ संगठनले नेपाललाई खतरा मुक्त देशहरुको सुचीमा राखिसकेको अवस्था छ । यस्तो अवस्थामा नेपाल त्यस्ता कम्पनीहरुको लागी नयाँ केन्द्र बन्नु दुई मतको कुरा भने होइन । यदि सरकारले देशमा अधोगिक बाताबरण कायम गरि यी कम्पनीहरुलाइ विभिन्न किसिमको अवसर दियो भने नेपाल पक्कै यिनीहरूको लागि नयाँ केन्द्र बन्न सक्ने छ । यस्ता कम्पनीहरु नेपाल मा भित्र्याउन सक्यो भने नेपाल चाडै विकशित देशहरू मध्ये एक हुने छ । यस्ले नेपालमा बेरोजगारीको समस्या अनत्य हुने निश्चित पनि देखिन्छ । देशका उर्जाशिल युवाहरूलाई बिदेशनु पर्दैन र युवाहरूले आफ्नो श्रम आफ्नै देशमा लगाउने छ्न । विभिन्न किसिमको कम्पनीका लागि चाहिने कच्चा पदार्थ कृषिबाट उपलब्ध हुन्छ र हाम्रो कृषिप्रधान देश यिनीहरूको लागि आकर्षनको केन्द्र बन्ने छ । साथै यस्ले गर्दा देशको कृषि एवं किसान को अवस्था पक्कै सबल हुनेछन् । यदि सरकारले करिब १० प्रतिशत कम्पनी मात्र पनि देशमा भित्र्याउन सक्यो भन्ने नेपाल गरिबीको अवस्था बाट कोल्टो फेरि सबल राष्ट्र बन्ने छन । बर्तमान सरकारले कुर्सीको लडाइँ छोडी यस्तो कम्पनीहरु देशमा भित्र्याउन पहल गर्नुपर्छ । यसबाट सम्पूर्ण नेपालीको साथ साथै देशको समेत हितहुने छन ।

Leave a Comment