![]()
pnews/Dhanusa : हेल्प मधेशी संस्थाद्वारा धनुषा जिल्लाको क्षिरेश्वरनाथ न. पा. वडा नं. ८ को डिगमरपुर टोलका अति बिपन्न र श्रमजीवी परीवारहरु राहत स्वरुप खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ ।
आज मिति २०७७ साल बैशाख १७ गते बुधबारका क्षिरेश्वरनाथ न. पा. वडा नं. ८ डिगमबरपुर टोलका १३ घरधुरीलाइ राहत वितरण गरेको छ । हेल्प मधेशी कत्तार च्याप्टरका सेवक मंदीप महतोको संयोजनमा निज घरधुरीलाई राहत हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको सामाग्रीहरु यस प्रकारका छन । प्रती परीवार १०/१० कि. ग्रा. चावल १/१ कि.ग्रा. दाल १/१ कि.ग्रा. आलु १/१ कि.ग्रा. भुजा १/१ कि.ग्रा. प्याज १/१ लि. खाने तेल १/१ कि. ग्रा. नुन १/१ पोका दालमोठ र २/२ वटा साबुन राहत स्वरुप वितरण गरिएको छ । 
साथै धनुषा जिल्लाकै सबैला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाका अति बिपन्न र श्रमजीवी परीवारहरुलाई समेत राहत बितरण गरिएको छ । आज मिति २०७७ साल बैशाख १६ गते मंगलवारका दिन सबैला नगरपालिका वडा नं. २ का ३ जना परीवार र त्यस्तै सबैला नगरपालिका वडा नं. ७ मटहीकी एक जना वृद्ध आमालाई राहत स्वरुप केही खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ । वडा नं. ३ का तिनै जना परीवारहरुलाई १०/१० कि.ग्रा. चावल दाल १/१ कि.ग्रा. आलु २/२ कि.ग्रा. नुन १/१ कि.ग्रा. प्याज १/१ कि.ग्रा.र खाने तेल ०.५ लि.को दरले
सहयोग गरिएको छ । त्यस्तै वृद्ध आमालाई चावल १० कि.ग्रा.आलु ५ कि.ग्रा. खाने तेल २ लि. स्वाबिन १ कि.ग्रा. सर्फ ३ कि.ग्रा. नुहाउने साबुन ५ वटा , १ वटा लुगा धुने साबुन र च्युरा १ कि.ग्रा. सहयोग गरिएको छ।
तयस्तै घनुषा क्षिरेश्वरनाथ नगरपालिका ६ दुर्गा टोलकि एकल महिलालाई पनि राहत स्वरुप १० कि.ग्रा. चामल, १ कि.ग्रा. दाल, १ लि. खाने तेल, ०।५ कि.ग्रा. स्वाबिन १ कि.ग्रा. भुजा, साबुन २ वटा,१ कि.ग्रा. आलु, १ पोका नुन, १ पोका दामुट राहत सहयोग स्वरुप वितरण गरिएको छ । यस राहत सहयोगमा खटिएका सेवकहरुको हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादव, हेल्प मधेशी धनुषाका अध्यक्ष सत्रुधन साह हेल्प मधेशी कत्तारका सेवक राम अशिष यादव हेल्प मधेशी नेपालका सेवक संजीव श्रेष्ठ ,पप्पु यादव, दिलिप साह र जय नारायण यादव थिए निजहरुको अकल्पिनिय सहयोगी भावनाको पिपुल्स न्यूज परिवार हृदय देखि धन्यवाद व्यक्त गर्दछ ।