बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण

Loading

pnews/काठमाडौं- बहराइनमा बिहीबार थप ३१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमित नेपालीको जम्मा संख्या १ सय ५७ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासकाअनुसार मंगलबार मात्रै ७७ नेपालीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै गइरहेको छ । सानो मुलुक बहराइनमा एउटै फ्लाटमा ठूलो संख्यामा आप्रवासी श्रमिकहरु राखिएको हुँदा कोरोना संक्रमित नेपालीहरुको संख्या बढ्दै गएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए । ‘एउटै फ्लाटमा ४ सयदेखि ५ सय श्रमिकहरु राखिएका छन्, जसले गर्दा त्यहाँ सँगै बस्ने एकजनामा कोरोना देखियो भने बाँकी अरुलाई पनि कोरोना संक्रमण भइरहेको अबस्था छ’, राजदूत सुन्दासले भने । बहराइनमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।  संक्रमितहरुमा आप्रवासी श्रमिकहरु बढी छन् । हालसम्म बहराइनमा तीन हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । ८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १ हजार ५ सय निको भएका छन् ।swasthyakhabar

Leave a Comment