![]()
pnews/ktm : अचम्मको कहानी वा भनौ कानुन छ हाम्रो देश नेपालमा सान्सद सुरेन्द्र यादवलाई पुर्व प्रहरी प्रमुख र ओली सरकारको केही सान्सद मिलेर अपहरण गर्ने प्रति टेकुमा मुद्दा दर्ता गर्न जानेबेला उल्टो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादवलाई प्रहरीले अपमान गरि फर्काएको छ । जुन संबिधानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले साईन गरेर जारी गरेको थियो त्यही संविधानलाई ओली सरकारले नमान्नु दुर्भाग्य । एउटा संसदले अपहरण मुद्दा दर्ता गराउन जाँदा मुद्दा दर्ता नभएमा आम जनताको त अब कुरै भएन । मुद्दा दर्ता भएको भरमा कोई दोषी सावित हुने हैन मुद्दा दर्ता भएपछि छानबिन गर्ने कानुन छ तर पहिलै डराउने कुराले दोषी सावित हुनेछ । यस्तो पनि कानुन हुन्छ ठुलालाई चैन सानालाई ऐन यो कुरा प्रति आम आदमी पार्टी नेपाल घोर आपत्ति छ । साथै पूर्वराज्यमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण गर्नेविरुद्ध जाहेरी दरखास्त लिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं समेतलेले अस्वीकार गरेको छ । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलगायतका नेताहरू सांसद डा। सुरेन्द्र यादव अपहरणमा परेको भन्दै सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।