नेपालबाट भारत फर्केका २ जना नेपाली कामदारमा कोरोना सङ्क्रमण पछि बर्दियाका दुई गाउँ सील

Loading

peoples News : भारतीय पक्षले नेपालबाट फर्किएका दुई भारतीय मजदुरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी दिएपछि बर्दिया जिल्लाका दुई स्थानमा अहिले उच्च सतर्कता बढाइएको नेपाली अधिकारीहरूले बताएका   छन् । सङ्क्रमण फैलिन सक्ने आशङ्कामा सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको छ । बर्दियाको कोठियाघाटस्थित क्रशर उद्योगमा काम गर्ने ती मजदुरहरू लकडाउनकै बेला गत वैशाख ५ गते उत्तर प्रदेशमा पर्ने बहराइच फर्किएका थिए  । केही हप्तादेखि नेपाल-भारत सीमानाका बन्द भएको भए पनि उनीहरू लुकिछिपी भारत गएको हुन सक्ने बर्दियाका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । उक्त क्रशर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिकले काम गर्ने गरेको खुलेको छ । के भन्छन् नेपाल अधिकारी ? नेपालबाट भारत फर्किएपछि उनीहरूको बहराइचस्थित स्थानीय अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको भन्दै भारतीय प्रहरीले बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीलाई पत्रमार्फत् जानकारी गराएको हो । बर्दियाका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले भने, “बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहाले भारतीय प्रहरीले पठाएको पत्र बुझेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि उक्त पत्रको आधिकारिक भएको पुष्टि गरेका छन् । पत्रमा वैशाख ८ गते उनीहरूको जाँच हुँदा सङ्क्रमण देखिएको उल्लेख छ तर कुन विधिबाट नमुना परीक्षण गरिएको भन्ने चाहिँ स्पष्ट लेखिएको छैन । प्रहरी कार्यालय जनपथ बहराइचका सुपरिनटेन्डेन्टले हस्ताक्षर गरेको पत्रमा नेपालमा काम गर्ने ती मजदुरहरू वैशाख ५ गते साँझ आफ्नो घर फर्किएको उल्लेख छ । किन गरियो गाउँ सील ? सम्भावित सङ्क्रमित व्यक्ति भएको भन्दै रोग फैलिन नदिन बर्दियाको सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले उक्त जानकारीका आधारमा ती भारतीय नागरिकसँगै काम गर्दै आएका क्रशर उद्योगका सबै मजदुरबाट नमुना सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए । वैशाख ५ गतेसम्म बर्दियामै रहेका व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको ठानिएको हो । बर्दियामा हालसम्म ९१ जनाको द्रुत परीक्षण र २५ जनाको पीसीआर विधिबाट जाँच गरिएकोमा कसैमा पनि सङ्क्रमण देखिएको छैन । बर्दियामा मात्र हैन प्रदेश नं ५ मा कसैमा पनि कोभिड-१९ पुष्टि भएको छैन । देशभरि १४,७३१ जना क्वारन्टीनमा रहेकोमा प्रदेश नं ५ मा भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ। सरकारका अनुसार त्यहाँ ७,९५६ मानिस क्वारन्टीनमा छन् । bbc

Leave a Comment