कोरोनाबाट मर्ने भन्दा पनि सरकारको व्यवहारले जनतामा मर्ने त्रास बढी असोक यादव अध्यक्ष आम आदमी पार्टी नेपाल

Loading

Peoples News : भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गर्‍यो । लकडाउनमा परेपछि रोगी जनता अस्पतालमा पुगेर उपचार गराउनै सकिएन् । अधिकांसलाई कोरोना भाइरस भन्दा पनि घर पुग्ने चिन्ताले बढी सताएको छ । ‘एक पैदल यात्रुले सरकारले के–के नै ब्यवस्था गरेका छौं भनेर भन्छ, तर हाम्रो लागि खै अहिलेसम्म कुनै ब्यवस्था छैन, औषधि गर्न आएको मान्छे फर्किन बाध्य भएको छु तर, घर फर्किनलाई गाडी पाउन मुस्किल छ । लकडाउन हुनु भन्दा अगाडी नै कति मान्छे अस्पतालबाट डिस्चार्ज भए । अस्पतालबाट डिस्चार्ज पछि घर फर्किन नपाउँदै देश लकडाउन भयो । करिव एक महिना भयो लकडाउन त्थयमा अधिकान्स आफन्तकहाँ बसे अब जसरी भएपनि घर फर्किन चाहन्छन आफन्त कहाँपनि अब बस्न सम्भव नभएपछि घर फर्किन बाध्य भएका कतिपयलाई पनि उतिकै समस्या छन् तर सरकारको बन्दीका कारण चौराहामा गाडी कुरेर बस्दा पनि गाडी नहुदा हिडेर जान खोज्दा पनि जान नमिल्ने र बस्न पनि नमिल्ने कारण त्रास मै जिउन बाध्य छन् । रोजगारी, उपचार र पढ्ने शिलशिलामा बाहिर रहेका ब्यक्ति घर फर्किने गरेका हुन् । बच्चा, बृद्ध र बिरामी अवस्थामा रहेका उनीहरुको अवस्था विजोग देखिन्छ । सरकारले लकडाउन त गर्यो र लकडाउन गरेर जनता बिर्षे लकडाउन बाहेक कुनै जिम्म्ेवारी सरकारले नलिएको कारण जनता भोक भाकै भए पनि प्रहरीको कुटाई खाएर भए पनि आफनो गन्तव्य जान खोजि रहेका छन् । अलपत्र यात्रुका लागि बाटोमा स्थानीयले निःशुल्क खाना खुवाइरहेका छन् । बाटोमा स्थानियहरुले यात्रुको विजोग देखेर सुरुमा दुई दिन जति चिउरा र भुजा खुवाए, तर धेरैजसो यात्रुले खाना खान पाए हुन्थ्यो भन्न थालेकोले स्थानियले चैत ४ गतेबाट नियमित रुपमा खाना पकाएर खुवाउन थालेका छन खै त सरकारको काम जनताले नै किन गर्ने । अहिले देशमा भै रहेको माहामारीमा सरकार मौन रहदा जनताले नै जनताको सेवा गरिरहेका देखिन्छ । आम आदमी पार्टीका अध्यक्ष असोक कुमार यादव सरकारको यस कार्यको आलोचना गर्नु भयो र तत्काल आफनो जनता प्रतिको व्यवहार बदलन आग्रह गर्नु भयो ।

Leave a Comment