![]()
Peoples News : प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा जारी भएका दुई निर्णयको पार्टी भित्र र बाहिर तीब्र विरोध भएको थियो । सरकारको कदमले देशमा राजनीतिक अस्थिरता हुने भन्दै विरोध भएका थिए। अध्यादेश जारी भएसँगै समाजवादी पाटी विभाजनको प्रयास समेत भयो । समाजवादी विभाजनको लागि स्वयम प्रधानमन्त्री लागि परेको आरोप लागेको छ। विभाजनको लागि सप्तरीबाट समाजवादीका सांसदलाई अपहरण शैलीमा काठमाडौं समेत ल्याइयो । त्यसमा प्रधानमन्त्री निकट सांसद महेश बस्नेत, किशान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संलग्न देखिए । अपहरण शैलीमा संसद अपहरण गर्नेलाई सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न आम आदमी पार्टी नेपालले मांग समेत गरेका छन् । पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेfष्ठ ३ जना काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई अपहरण गरेका थिए । इ सम्पुण खेल अध्यादेश कै कारण भएकोले तत्काल अध्यादेश फिर्ता सलन चौतर्फी आलोचना भए पछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । अध्यादेश जारी भएसँगै समाजवादी पाटी विभाजनको प्रयास समेत भयो। समाजवादी विभाजनको लागि स्वयम प्रधानमन्त्री लागि परेको आरोप लागेको छ भने अव अध्यादेश खारेजी पछि प्रधानमन्त्रीलाई उक्त आरोपबाट मुक्त गरिएको छ ।