हेल्प मधेशीद्वारा राहत सहयोग दाश्रो र तेश्रो चरणको राहत सहयोग सिराहाको मिर्चैयामा

Loading

Peoples news : देश यस्तो आपतमा पर्दा पनि सरकार मौन, प्रदेश सरकार मौन, नगपालिका मौन, जिम्मेवार व्यीक्त मौन हुन्दा कोरोना माहामारी भन्दा पनि जनतामा भोकमरीको माहामारीले उग्र रुप लिने देखिन थालेको छ । नेपाली जनताको समस्या हल गर्ने सम्पुर्ण जिम्मेवारी केन्द्र सरकार र प्रदेश सरकारको हो । के नेपाली जनताको समस्या सरकारको समस्या हैन र ? जनतामा यस्तै किसिमको समस्याहरु उत्पन्न हुँदा सहयोगी संघ संस्था आज सहयोग गर्न अग्रसर भएका हुन जस अनुसार आज मिति २०७७ साल बैशाख ०८ गते सोमबारका दिन हेल्प मधेशी संस्थाद्वारा मिरचैया नगरपालिका वडा नं ९ र ७ बतहाकटहा का २४ वटा अति बिपन्न, एकल महिला तथा गरीब परीवारहरुलाई हेल्प मधेशी संस्थावाट राहत सहयोग गरिएको छ ।हेल्प मधेशी कतार च्याप्टरको केन्द्रिय अध्यक्ष रामकल्याण महतो न्यूज बिउरोको पत्रकार बिनय यादब र स्थानियको उपस्थितिमा राहत बितरण गरिएकोछ । प्रत्येक परिवारलाइ बितरण गरिएको राहत सामग्रीहरू : चामल १२ किलो, दाल २ किलो, नुन १ किलो, तेल १ लीटर, आलु २ किलो, प्याज १ किलो, सोयाबिन ५०० ग्राम, साबुन १ पिस, त्यसै गरि मिति २०७७ साल बैशाख ०९ गते मङ्लवारका दिन पनि हेल्प मधेशीले सिराहा जिल्लाकै मिर्चैया नपा वडा नं. ८ को भगबतपुर र मझौवा टोलका चार/चार घरपरीवारहरु गरि जम्मा आठ वटा घरपरीवारहरुलाई राहत हस्तान्तरण गरिएको छ । चावल, दाल, आलु, नुन, तेल यी सम्पुर्ण खाद्यय बस्तु जम्मा २० कि. ग्रा. प्रती परीवार बितरण गरिएको छ । हेल्प मधेशी परीवारका सेवकहरु कामेश्वर यादव, विशेश्वर महरा र सन्त कुमार मुखियाको विशेष उपस्थितिमा यस पुनित कार्यलाई सफलतापुर्बक सफल गरिएको जानकारी प्राप्त भयो ।

Leave a Comment