![]()
Peoples News ktm : देशमा संकटकालको र कोरोना वाइरसको माहामारीको अवस्था भएको बेला नेकपामा प्रचण्ड र प्रधानमन्त्री फोहरी खेलमा व्यस्त छन् । नेकपा फुटको संघारमा हुनु सतामा मुख्य त भागबण्डा नपाउनु हो। यता केपी शर्मा ओलीले आफुपछि पार्टीको भार प्रचण्डलाई दिनु नखोज्नु हो त्यसकारण पूर्व माओवादीलाई तह लगाउन खोजेको पनि देखिन्छ । जनताको भावनासंग खेलबाड गर्ने कम्यनिष्ट पार्टीको अहिलेको समयमा मुख्य दायित्वहरु कोरोना वाइरसबाट भोकमारीमा परेका जनतालाई उदार सहयोग गर्ने हो । यस्तो पार्टीलाई जनताले आउने चुनावमा असली औकात देखाउने छ। यसले देशलाई कसैलाई भलो हुने छैन कहि सस्तो नहोस् जसरी गलत निर्णय हिटलरले गरेर आफुलाई आत्महत्या गरे त्यसरीनै प्रचण्ड र ओली ज्यूलाई पनि आत्महत्या गर्नु नपरोस ।
त्यसै गरी नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको महत्व बुझ्न र सुदृढ गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन् । सोमबार जारी भएका अध्यादेशहरू आपत्तिजनक र खेदजनक भएको भन्दै तत्काल फिर्ता लिन आम आखमी पार्टी नेपालले सरकारसँग माग गरेको छ । विश्व कोरोना भाइरससँग लडिरहेका वेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै जारी भएका अध्यादेशहरू फिर्ता लिन सरकारसँग माग आम आदमी पार्टी नेपालका केन्द्रीय अध्यक्ष असोक कुमार यादवले गरेका हुन् । संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दु:खद भएको जनाएको छ ।
लकडाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरू हिँड्दै गाउँगाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रूपमा अध्यादेश ल्याउनु दु:खद भएको तथा जनता घरभित्रै कष्टकर जीवन बिताइरहेको उल्लेख गर्दै उनले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएकाले तत्काल फिर्ता लिनुपर्ने हाम्रो माग रहेको उनले बताए । नागरिकको जीवनप्रति गम्भीर हुँदै सबै विषय थाती राखेर कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने अभियानमा ध्यान दिन यादवले सरकारलाई आग्रह गर्नु भएको छ । pnews