प्रदेश न २ सरकार राहत बितरणमा पुर्ण असफल : निरज झा, सप्तरी (केन्द्रीय सदस्य : आम आदमी पार्टी नेपाल)

Loading

peoples News :  निरज झा, सप्तरी : केन्द्रीय सदस्य : आम आदमी पार्टी नेपाल : प्रदेश न २ को सरकार राहत बितरणमा पुर्ण रूपले असफल देख्यएको छ विश्व भरीमा महामारीको रूपमा फैलिएको कोरोणा भाईरससंग लड्नको निम्ति प्रदेश न २ का सरकारले गरिब, बिप्पन तथा दैनिकी ज्यालादारीको रूपमा मजदुरी गर्ने हरु को लागि जुन राहत प्याकेज ल्याएको छ त्यो बितरण गर्न पुर्ण असफल देख्येको छ । राहत प्याकेज ल्याए पनि धेरै जसो स्थानिय तहले राहत बितरण गर्न सकेको छैन केहि स्थानिय तह ले बितरण गरे पनि जनप्रतिनिधिको आफ्नै मनपरि गर्नेबानीले बितरण कार्य असफल भएको छ । जसको कारण गरिब तथा बिप्पन परिवारहरु ले अझै सम्म पनि राहत पाउन सकेको छैन । राहत बितरणको नाममा कुनै/कुनै ठाउँमा पार्टी/पार्टी बिच बिबाद त कुनै ठाउँमा म्यानुट च्याताच्यात अवस्था समेत र्सिजना भएको छ । कति अवस्तामा भने सरकारबाट बाँड्ने अनुमति नआउँदा उनीहरू राहत वितरण गर्ने कि नगर्ने भन्ने सम्मको अन्योलमा छन् । ज्यालामजदुरी गरेर बसेका सर्वसाधारण रासनको अभाव भएपछि वडा कार्यालय धाइरहेका छन् । वडा कार्यालयले भने ‘माथिबाट दिन नभने सम्म पर्खिन’ आग्रह गर्दै आएका छन् । सरकारबाट अनुमति नआएसम्म राहत दिने नदिने भन्नेबारे निर्णयमा पुगेका  छैनौं । ‘व्यक्तिगत रूपमा राहत वितरण नगर्न भनेका छन् । एकद्वार प्रणाली अपनाउने सरकारको नीतिअनुसार व्यक्ति र संस्थालाई नगरपालिकाको विपत् व्यवस्थापन समितिमा सहयोग संकलन गर्न भनेका  छौं । सरकारको यस्ता कार्यले के जनताले सहि तरिकाले राहत पाउलान र ? विभिन्न सहयोगबाट आउने राहत सहयोग सिधा जनतामा बाँडन नमिलने सरकारको कोषमा जम्मा गर्नु पर्ने निर्णयले पनि जनता राहत लिनबाट वञ्चित भएको हुदाँ आम आदमी पार्टी नेपालका केन्द्रीय सदस्य निरज झाले सरकारलाई समय मै जनताको हितमा निर्णय लिन आग्रह गर्नु भयो ।

Leave a Comment