![]()
peoples News : आम आदमी पार्टी सिरहा जिल्ला अध्यक्ष खुशी लाल यादवको गुनासो सिरहा जिल्ला लहानको गरीबहरूको दैनिय अवस्था छ । विश्व ब्यापी फैलिएको कोरोना वाइरसबाट बच्नकोलागि मुखबाट लकडाउनको आहवान त गर्यो सरकार तर भोकमारीबाट बच्ने उपाय गर्न सकेन सरकार । काठमाडौं र अन्य सहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेका यात्रीको दर्दनाक अवस्था छ । अलपत्र र समस्यामा परेका नागरिकलाई सुरुमा सुरक्षित रूपले घरसम्म पुर्याउने व्यवस्था गर्नु राज्यको प्राथमिक दायित्व रहेको स्मरणसमेत यादवले गराउनु भयो ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अस्वस्थ व्यक्तिको विशेष सुरक्षामा ध्यान दिन जरुरी देखिएको छ । तर किन सरकार मौन ? काठमाडौं उपत्यकासहित मुलुकका सहरी क्षेत्रमा रोजगारी, व्यवसाय, दैनिक ज्यालादारी, मजदुरी, होटल, रेस्टुरेन्ट, कारखानालगायत कामदारले आर्थिक र शारीरिक रूपमा चरम समस्यामा व्यहोर्नुपरेको भन्दै सरकार प्रति सिराहा जिल्ला अध्यक्ष यादवले आक्रोस पोख्नु भयो । यादवको भनाई अनुसार केन्द्र सरकारले कुरामा मात्र राहत बाडयो तर दुखको कुरा के हो भने प्रदेश सरकारको संसद, मंत्री , मेयरहरूको समेत उपस्थिती र गतिविधि मौन देखियो । चुनावको बेला दारू मासु घर घर पुर्याउने जनप्रतिनिधिहरू कता हराए भन्ने समेत प्रदेश सरकार प्रति आक्रोस व्यक्त गर्नु भयो । प्रदेश सरकारले विभिन्न राहतको नाम्मा जनतालाई दिईने सहयोग जनता हितमा नरहेको पनि भनी राहतकार्यको बिरोध गर्नु भयो ।