![]()
peoples News : काठमाण्डौ देखि अन्य शहरमा मजदूरहरूलाई सिघ्र आ आफ्नो घर सुरक्षित पूर्याउने व्यवस्था होस । अहिले काठमाण्डौमा फसेका मजदूरहरू भोक भोकै मर्ने अवस्था छ लकडाउनको समय निश्चित नै बढ़ने देखियो । आम मजदूर तथा व्यावसायिकहरू आफ्नो घर पुगियो भने रूखा सुखा खाएर भएपनि लकडाउनको पालना गर्नुमा सहयोग पुर्याउनेछन। प्रधानमंत्री मन्त्री र होनहार नेता ज्यू कोरोना जस्तो वाइरस खाली ताली र थाली वा राष्ट्रीय गीत गाएर जाने अन्ध विश्वास गर्ने काम छोडी जनतालाई भोकमारीको समस्याबाट कसरी बचाईन्छ त्यो सोचनु पर्यो। कोरोना वाइरसको वैक्सीन आउन धेरै टाईम छ जब सब कोरोना वाइरसको वैक्सीन आउदैन यो वाइरस पूर्णरूपले समाप्त हुनसक्दैन जुन वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन। अन्य देशबाट आउने हवाईअड्डा सबै बन्द छन तर भारतको सिमानाहरूबाट रातीको समयमा आउनेहरूको संख्यामा कमी त भएको छ तर पूर्णरूपले बन्द भएको छैन जसले गर्दा नेपालमा अहिले सुरुवात मात्र छ यो वाइरसको भारत दिन प्रतिदिन तिब्रगतीमा वाइरसको संक्रमण बढेकोले नेपाल जोखिमा पर्नेमा कुनै शंका छैन । नेपाल सरकारले भारतीय वोडरमा कड़ाईकोसाथमा सुरकर्मीहरूलाई खटाउनु पर्छ अनि नेपाललाई अन्य देशको अवस्थाझैबाट बचाउन सकिन्छ ।
श्रमिकको पीडाले सरकारलाई नछोएको जस्तो पनि देखिन्छ । सयौं श्रमिक काठमाडौंदेखि सयौं किलोमिटर पैदल हिँडेर घरतर्फ गइरहेको सरकारको गति न ह।। न बाटो छोड्छ भने जस्तो भयो। मिडिया, सांसद, अदालत सबै चिच्याउँदा पनि लम्बे यात्रामा भोकै पैदल हिँडेका श्रमिकहरूको पीडाले सरकारलाई छुँदैछुँदैन। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेकाले र आफैंलाई स्वास्थ्य समस्या देखिने भएकाले सहयोगीहरू पनि सहयोग गर्न सक्ने अवस्थामा नरहेको काठमाडौं उपत्यका र यस वरपरका जिल्लाका विभिन्न उद्योगमा काम गर्ने मजदुरहरू पैदल हिँडेर घर गइरहेका छन् सरकारलाई यस्तो कार्य नगर्न र जनतालाई गन्तव्य सम्म छिटो भन्दा छिटो पुयाउन आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादव ज्यूले प्रधानमंत्रीसंग बिन्रम अनुरोध गर्नु भएकोछ ।