श्रीलंका सरकारद्वारा ‘बोल्ड’ निर्णय, मुसलमानको शवलाई पनि जलाउनै पर्ने नियमलागु

Loading

peoples news : श्रीलंका । कोरोना भाइरस नियन्त्रणका लागि श्रीलंका सरकारले बहु अपयोगी निर्णय लिएको छ । श्रीलंका सरकारले कोरोना भाइरसको संक्रमणबाट ​​मर्ने सबैको अंत्येष्टि जलाएर नै गर्ने निर्णय गरेको हो । श्रीलंका सरकारको यो निर्णयसँगै श्रीलंकामा जुनसुकै धर्मको व्यक्ति भएतापनि जलाएरै अंत्येष्टि गर्नुपर्ने समाचार एजेन्सी एएपीपीले जनाएको छ । यहाँ सम्मकी अब, मुसलमानहरुले पनि शवलाई गड्न पाउने छैन, जलाउनै पर्ने हुन्छ । समाचार एजेन्सी एएपीपीका अनुसार श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट सात जनाले ज्यान गुमाएका छन् । ती मध्ये तीन जना मुसलमान रहेका थिए। ती तिनै जना मुसलमानहरुको शवलाई पनि जलाइयो । जबकी मुसलमानहरु शवलाई जलाउन मानेका थिएन । आइतबार श्रीलंकाका स्वास्थ्य मन्त्री पवित्रा वाणिअराचछीले ‘कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको शवलाई अनिवार्य जलाउनु पर्छ ।’ भनेकी छन् । ‘कोरोना संक्रमीत शवलाई गाड्नु भनेको पछिका लागि घातक हुनु हो’ जानकारहरु बताउँछन् ।   श्रीलंकामा जम्मा २ करोड १० लाख जनसंख्या रहेको छ । जसमध्ये लगभग २१ लाख जती मुसलमानहरु रहेको छ । श्रीलंकामा कोरोना संक्रमीतको संख्या २१० जना पुगेको छ । जसमध्ये ७ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Comment