![]()
peoples News : आज मिति २०७७ साल बैशाख ०८ गते सोमबारका दिन हेल्प मधेशी संस्थाद्वारा सिरहा नगरपालिका वडा नं १८ का ६ वटा टोलहरु लक्ष्मिनिया, इटारी, जरुवाटोल, लभकाटोल, कुर्मिटोल र टारापट्टीका ५४ वटा अति बिपन्न, एकल महिला तथा गरीब परीवारहरुलाई हेल्प मधेशी संस्थाद्वारा राहत सहयोग गरिएको छ। हेल्प मधेशी कतार च्याप्टरका केन्द्रिय कोषाध्यक्ष राम कुमार यादवको उपस्थितिमा राहत बितरन गरिएको थियो ।
लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा असहायलाई खोजी खोजी खाद्यान्न राहत सहयोग गरेका छन् । विपद्को समयमा अत्यन्तै समस्यामा परेका परिवारलाई सहयोग गरेको जानकारी हेल्प मधेशी नेपालका केन्दीय अध्यक्ष राम उदगार यादवजीले दिनु भयो । विपद्मा परेकालाई हेल्प मधेशी संस्थाको लगानीमा सहयोग गरिरहेको बताउँदै संकटमा परेका मानवलाई सहयोग गर्नु सबैको धर्म भएको बताएका छन्। आफ्ना मानिसमार्फत समस्यामा परेका असहाय मानिसको खोजी गरी राहत वितरण गर्ने कार्यक्रमलाई अझै नरोकेको बताएका छन् । तत्कालका लागि न्युनतम आबश्यकता पुरा गर्न एकले अर्कोलाई सहयोग गर्नु नै अहिलेको प्राथमिकता भएको यादवले बताए । कामकाज ठप्प भएपछि राहत प्याकेजले ठूलो सहयोग मिलेको यादवको भनाई छ । प्रत्येक परिवार यस प्रकारका खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । चामल १० किलो, दाल 1 किलो, नुन १ किलो, आलु 2 किलो, सोयाबिन ३७० ग्राम, नुहाउने साबुन 1 पिस, कपडा धुने साबुन 1 पिस, खाने तेल ५०० ग्राम अनुसारको सहयोग वितरण गर्नु भएको जानकारी दिनु भयो । यस पुनित कार्यमा सहयोग गरिदिनु भएका बुद्धिजीवी तथा टोलबासिहरुमा हेल्प मधेशी संस्थाको तर्फबाट हार्दिक धन्यवाद, समेत दिनु भयो ।