![]()
Peoples News : बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना वाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मंत्रालयका एक अधिकारीक व्यक्ति अनुसार राष्ट्रीय जन प्रयोगशाला टेकुमा उनीहरूको परिक्षण गर्दा रिपोर्ट पोजिटिव आएको हो। प्रदेश दुईमा कोरोना संक्रमण अझ जोखिम भएको देखिन्छ किन कि यस घटना पछि यसको जोखिम बढेर गएको हो । दुखको कुरा के हो भने प्रदेश दुईमा जनताको लापरवाही पनि बढेको बढै छ । सरकारले भिडभाड नगर्न भने पनि ठाउँ ठाउँको मसजिदमा अटेरी गरि नवाज पढनु पुलिस प्रशासनसंग भिडन्त गर्नु यो सबै कमजोरी प्रदेश दुईकै जनताका हुन सरकार यहाँ निरिह देखिन्छ ।
हरेक क्षेत्रमा प्रदेश सरकार गम्भीर नभएकोले गर्दा राहत बितरणमा पनि स्थानिय सरकारमा सम्बन्धित व्यक्तिद्वारा जनतालाई कुहिएका चामवल किरा परेका दाल बितरण गरेको अवस्था छ । आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादव ज्यूको बिचारमा नेपालमा कोरोना वाइरसको संक्रमण राम्ररी चेकजाच नभएकोले नै सहि तथ्याक हाम्रो सामुने नआएको जस्तो छ । सरकारद्वारा यस संक्रमणको सही चेकजाँच छिटो भन्दा छिटो उपलब्ध गराउन हुन पनि सल्ला दिनु भयो । साथै यस दुःखद् समयमा सम्पुर्ण देश बिदेशमा रहनु भएका साथीभाई दिदी बहिनीहरूलाई कोरोना माहामारीबाट सुरक्षित रहुन भनी नयाँ बर्षाको हार्दिक शुभकामना व्यक्त गर्दछु।