प्रधानमन्त्रिले देश र जनताको भावना भन्दा पनि भ्रष्टाचारलाई प्राथमिक्ता दिएको हो असोक कु. यादव आम आदमी पार्टी नेपाल

Loading

Peoples News ktm : प्रधानमन्त्री मन्त्री बिरामी भएकोले गर्दाले नै असफल भएको अनुभुति भईरहेछ आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादव ज्यूको बिचारमा प्रधानमन्त्री केपी शर्मा ओली जनताको भावना विपरित मात्र काम गरेको देखिन्छ । प्रधानमन्त्रीको ध्यान मात्र लकडाउन तिर छ तर लकडाउन लगाउनु नै समस्याको सामाधान हुन् त ? भोकमरीमा आम जनतालाई के असर परेको छ त्यस विषयमा ध्यान नदिनु असक्षम प्रधानमन्त्रीको भान गराउछ । भारतबाट सिमा सम्म आईसक्दा नेपाली जनतालाई व्यवस्थापन नगरेको अवस्थामा नेपाली जनता आत्महत्या गर्ने बेला सिर्जना भएकोछ । देशमा तीन तह सम्मका सरकार छ तर केन्द्र सरकार सारा अधिकार आफुसंग राखेका हुनाले पनि स्थानीय र प्रदेश सरकारले कोरोनाबाट प्रभावित जनतालाईकोलागी सही सेवा दिन सकेको छैन । राहत बितरणका लागी केन्द्र सरकारले प्रदेश सरकार र स्थानिय सरकारलाई छुटै बजेट कोरोना राहत बजेट घोषणा गरी पठाउनु पर्छ । राहत आपूर्ति व्यवस्थापनमा केन्द्र सरकार यानि ओली सरकार असफल देखियो । देशको कार्य भार आर्मी प्रशासनले गर्ने हो भने सरकारको के काम प्रधानमन्त्रीको के काम प्रधानमन्त्रीको र मन्त्री परिषदको के काम राजीनामा दिएको नै बेस।यस्तो समयमा ओली सरकारले काम गर्न सकेन भने प्रधानमन्त्रीले राजीनामा दिई सहि दिशाको मार्ग खोल्नु पर्छ अहिले देशमा देश र जनताको भलो गर्ने र चिताउने प्रधानमन्त्रीको आवश्यकता छ । देशमा आउने हरेक क्षेत्रको राहत सहयोग अविलम्ब जनतामा पु¥याउने कामहुनु पर्ने हो तर केन्द्र सरकारद्वारा किन ढिलो कछुवाको चाल भै रहेको छ सोच्निय विषय हो । केन्द्र सरकारद्वारा विभिन्न राहत र कोरोनाका लागि आवश्यक सामान खरिदमा पनि भ्रष्टाचार मै लिप्त रही जनता र देशलाई विर्षेको देखिन्छ । समय मै पिएम को ध्यान देह तिर पनि पुगोस र प्रधानमन्त्रिले कोरोना माहामारी फैलिन नदिन अविलम्ब देश र जनतालाई भलो हुने काम गर्नु पर्यो भनी सुझाव आम आदमी पार्टी नेपालका केन्दीय अध्यक्ष असोक कुमार यादव ज्यूले दिनु भयो ।

Leave a Comment