सरकार कोरोना बिरुद्धको लडाईमा संबेदनशिल नरहेको भनी आक्रोशित : केन्द्रीय अध्यक्ष : आम आदमी पार्टी नेपाल

Loading

Peoples News Ktm : आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार ज्यूको भनाई अनुसार आज चैत २४ गते आज लकडाउनको तेरह चौदह दिन हुन, जानकारी अनुसार भोली या आजैबाट एक हप्ताकोलागी फेरी लकडाउन लम्बियाउने तैयारी छ ।  देशमा अपठ्यारो परिस्थिति र यो कोरोनाको कहरले देशै भर कल कारखाना, होटल , व्यवसाय, यातायात सबै ठप अवस्थामा छ । यस्तो अवस्थामा डाँक्टर , नर्स, कर्मचारीले हस्पीटलमा उपयुक्त साधन सेवा नरहेतापनि आभावको बावजूद आफ्नो जिम्मेदारी पुर्वक काम कर्तव्य गरेकोमा आम आदमी पार्टी नेपालको तर्फबाट धन्यवाद दिन चाहन्छु। देशभरिका बिभिन्न अस्पतालमा कोरोना वाइरस संक्रमण परिक्षण गर्ने साधन नै छैन जसले गर्दा सही तथ्याक आउन सकेको छैन आए पनि नाटकिय तरिकाले सही वा गलत कुन रिपोर्ट हो ठम्याउनै गाह्रो । कोरोना भाइरसको परिक्षण जति धेरै गरियो त्यही राम्रो रिजल्ट आउने हो । बीरगंजको कुरा लिउ बीरगंज देशको सबै भन्दा ठुलो नाका हो यहाँ भारतबाट आउने नेपालीहरू अरू नाका भन्दा बढी नै हुन्छ । तर यहाँ कोरोना वाइरस संक्रमण जाच गर्ने कुनै किसिमको साधन नहुनु दुखद कुरा हो कोरोना वाइरस संक्रमण रोकन बीरगंजको नारायणणी अस्पतालमा छिटो भन्दा छिटो उपल्बध गराउनु पर्ने हाम्रोसरोकारवालासंग छ । साथै राहत भने अनुसार नेपाल सरकार आम जनतालाई दिन नसकेपनि अलि अलि पाएको बेला पनि बिभेद भएको गुनासो आम जनताको छ तसर्थ सरकारको ध्यान जाओस ।

Leave a Comment