![]()
Peoples Breaking News : आज विश्व नै कोरोना वाइरसको माहामारीमा रोईरहेको अवस्था छ तर राहतको मामलामा केन्द्र सरकार असफल देखिएको छ नेपाल सरकारको राहत सहयोग केन्द्रीय स्तरमा मात्र सिमीत देखियो । साथै दुई नम्बर प्रदेशमा पनि राजपा, समाजवादी पार्टीको सरकार छ तर जनतालाई भोकमारीको माहामारीबाट सुरक्षित राख्नबाट पछि हट्दै दुई नम्बर प्रदेशका सरकार प्रदेश सरकारको मन्त्री संसदहरू अर्थात राजपा समाजवादी पार्टीको नेताहरू मौन देखिन्छ के यहाँहरूको दायित्व मात्र चुनावमा रक्सी, मासु र पैसा बितरण गर्नु हो ।
के जनतालाई भोट बैंकका रुपमा मात्र हेरेका हुन त ? सता सम्म पुग्न मात्र हो त जनतालाई प्रयोग गरेका पकै हैन यस्तो बेला प्रदेश सरकारको मन्त्री संसद मेयर आफ्नो जिम्मेदारीबाट भागनु भएन । जनतालाई प्रयोग मात्र गर्नु भएन माहामारीको समयमा सहयोग पनि गर्नु पर्छ । अहिलेको माहामारीमा अधिकांस भ्रष्टाचार गर्न मै तल्लिन देखियो र उक्त कार्यमा स्थानीय सरकारको पनि सहकार्य देखियो बास्तवमा स्थानीय सरकारले स्थानिय जनताको भलो हित गर्न निमित्त बनाएको हो । दुख कष्ठमा परेको बेला मदत गर्नुको साटो उल्टै जनतालाई ठग्ने जनतालाई धोका दिनु होइन । नेपाल सरकारको निर्णय कर्मचारी ,प्रशासनको तलब कटौती गर्नु स्वागत योग्य हो तर सामान्य स्तरको कर्मचारीको तलब कटौती गर्नुको साटो माथिलो स्तरको तलब कटौती गर्नु उचित हुने थियोे । यूतो माहामारीको जटिल अवस्थामा मन्त्री, संसदहरूको तलबबाट ५० प्रतिशत ६ महिना सम्म कटौती गरि जनतामा खर्च गरे स्वागत योग्य हुनेछ । pnews