कोरोनाभाइरस अस्पतालले बिरामीको उपचार नगरे सरकारद्वारा कडा कारबाहीको चेतावनी

Loading

kathmandu :  सामान्य तथा गम्भीर प्रकृतिका रोग लागेर देशका विभिन्न स्थानका स्वास्थ्य संस्थाहरूमा पुगेका बिरामीहरूले आफूहरूलाई अस्पतालहरूले उपचार नगरी फर्काइदिएको गुनासो गरेका छन्  । विशेषगरी निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाप्रति त्यस्तो आरोप लागिरहेका बेला स्वास्थ्य मन्त्रायलयका एकजना उच्च अधिकारीले “बिरामीको उपचार नगरिए कारबाही गरिने” चेतावनी दिए । निजी स्वास्थ्य संस्था सञ्चालकहरूले चाहिँ “त्यसरी बिरामीको उपचार नै नगरिएको नभई उपकरण र सामग्री अभावका कारण केही स्थानमा समस्या देखिएको हुनसक्ने” बताएका छन् । कोरोनाभाइरस सङ्क्रमणकामाझ स्वास्थ्य संस्थाहरूले बिरामी समयमै भर्ना नगर्दा र चिकित्सकहरूले उपचार गर्न अस्वीकार गर्दा कतिपयको निधनसमेत भएका खबरहरू विभिन्न सञ्चारमाध्यममा आएका छन् । उपभोक्ता अधिकारकर्मीहरूले तत्कालै हस्तक्षेप गर्न र नागरिकको स्वास्थसम्बन्धी हक स्थापित गर्न सरकारसँग माग गरेका छन् ।

गुनासो : कतिपय बिरामी, बिरामीका आफन्त र उपभोक्ता अधिकारकर्मीहरूले स्वास्थ्य संस्थाहरूले बिरामीहरूलाई ढोकैबाट फर्काउने गरेको गुनासो गरेका हुन् । नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि त्यस्तो गुनासो आइरहेको पुष्टि गरे । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष प्राध्यापक नारायणविक्रम थापाले भने, “हामीलाई पनि कतिपय हाम्रा सदस्यहरूबाटै त्यस्तो गुनासो आएको छ, हामीले त्यसलाई नजिकबाट नियालिरहेका छौँ । हामीले निर्देशन पनि दिइसकेका छौँ” उनले कतिपय स्थानमा चिकित्सक र बिरामीबीचको असमझदारीले पनि यस्तो अवस्था आएको हुनसक्ने बताए । उनले चिकित्सकहरूले बिरामी नै हेर्दिन भन्न नपाउने र त्यो आचार संहिता विपरित हुने बताए ।

स्वास्थ्य संस्था सञ्चालकको भनाइ : निजी स्वास्थ्य संस्थाका सञ्चालकहरूले भने सञ्चारमाध्यममा आएको जस्तो अवस्था सिर्जना नभएको दाबी गरेका छन् । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सिट्च्युसन अफ नेपाल (अफीन) का महासचिव हेमराज दाहालले भने, “जुन ढङ्गले मिडियामा आएको छ हाम्रो अवस्था त्यस्तो छैन । सबै अस्पतालहरूलाई सङ्कटका समयमा राज्यलाई भरपूर सहयोग पुर्‍याउनु पर्छ भनेर हामीले पटकपटक भनेका छौ र अस्पतालहरूलाई पत्राचार पनि गरिसकेका छौँ ।” उनले बहिरङ्ग सेवा बन्द भएकाले धेरै अस्पतालमा पहिलेको जस्तो सेवा प्रवाह नभएको बताए। तर सबैले आकस्मिक सेवा दिइरहेको दाबी उनको छ । bbc

Leave a Comment