कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्ध भन्दा पनि ठूलो चुनौती : राष्ट्रसंघ महासचिव

Loading

kathmandu : कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन् । उनले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताएका छन् । कोरोनाभाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरस बोल्दैथिए ।

गुटेरसले के भने ? : न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उनले भने: “यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ ।” राष्ट्रसंघ प्रमुखले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए । ले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे ‘डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्ने’ बताए।

प्रतिवेदन : राष्ट्रसंघको अनुमान अनुसार यस महामारीले विश्वभर झण्डै दुई करोड पचास लाख मानिसहरूले रोजगारी गुमाउनेछन् । विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ । अमेरिकाले कडिकडाउका उपायहरू बढाइरहँदा चारमध्ये तीन अमेरिकीहरू कुनै न कुनै प्रकारका ‘लकडाउनु सामना गरिरहेका वा गर्ने अवस्थामा पुगेका छन्। महामारीसँग जुझ्न भइरहेका थुप्रै प्रयासबीच विश्वभरका सेयर बजारहरूले यस वर्षको पहिलो तीन महिनामा तीन दशक यताकै ठूलो क्षति बेहोरेका छन् ।

विश्वको पछिल्लो अवस्था के छ ? : विश्वभर अहिले ८ लाख ५० हजारमा यस भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ४१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एक लाख ७७ हजार कोभिड १९ रोगबाट निको भएका छन् । गत वर्षको अन्त्यमा भाइरसको प्रकोप सुरु भएको चीनमा भन्दा धेरै अमेरिकामा मृत्युको सङ्ख्या तीन हजार छ सयभन्दा बढी पुगेको छ । उच्च प्रभावितमध्येको स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ८४९ जनाको मृत्यु भएको छ ।  सबैभन्दा धेरै इटलीमा १२ हजार भन्दा बढीको मृत्यु भएको छ । ब्रिटेनमा एकजना १३ वर्षे किशोर सहित अहिलेसम्म एक हजार सात सय ८९ जनाले ज्यान गुमाएका छन् । bbc

Leave a Comment