स्वदेश फर्किएका नेपाली खोज्न सरकारलाई अहिले सम्मकै ठुलो मुस्किल

Loading

kathmandu : विश्वमा कोरोनाभाइरसको सङ्क्रमण सुरू भएयता पछिल्लो तीन महिनामा तीन लाख भन्दा बढी नेपालीहरू देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको तथ्याङ्कले देखाउँछ । भारत र नेपालमा लकडाउन सुरु भएपछि पनि भारतबाट मात्रै थप दशौँ हजार मानिसहरू नेपाल फर्किएका बताइन्छ। आवश्यक परेमा ती नेपाली खोज्न सकिन्छ ? यी प्रश्नको जवाफ सजिलो छैन । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका पाँचै जना व्यक्तिहरू विदेशबाट फर्किएको पुष्टि भइसकेको छ । कोरोनाभाइरसको सङ्क्रमण रोक्न सरकारले नेपाल फर्किएका कतिपय व्यक्तिको ठेगाना पत्ता लागाएको छ तर सबै सम्पर्कमा नआएको बताइएको छ ।

ज्यानुअरी महिनामा १ लाख २२ हजार ६२९, फेब्रुअरीमा १ लाख १२ हजार ३४३ र मार्चमा ६५ हजार ८४५ नेपालीहरू हवाई मार्ग मार्फत् नेपाल फर्किएको तथ्याङ्क छ । तर विमानस्थलमा उनीहरूको टेलिफोन सम्पर्क जस्ता विवरण सङ्कलन नगरिएकाले उनीहरू कहाँ-कहाँ छन् भनी पत्ता लगाउन सजिलो छैन । ‘विदेशबाट फर्किएका नेपालीलाई फारम नभराउनु ठूलो भूल’ विश्वमा कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले विभिन्न देशका नागरिकहरूलाई ‘अन अराइभल’ भिसामा रोक लगायो । तर आफ्नै नागरिकहरूको सम्पर्क विवरण अन्तिमतिर मात्रै सङ्कलन गर्न थालियो । सुरुमै त्यसमा ध्यान दिन नसक्दा उनीहरू सबैको ठेगाना पत्ता लगाउन निकै कठिन रहेको अधिकारीहरू बताउँछन् ।

“विदेशी नागरिकहरूबाट मात्रै कोरोनाभाइरस सर्छ भन्ने सोचेर प्रवेशाज्ञामा कडाइ गरियो तर फर्किएका नेपालीहरूबाट पनि भाइरस सर्न सक्छ भन्ने सोचाइ सरकारले नराख्नु नै ठूलो त्रुटी हो । चैत्र ४ गते कतार एअरवेजको विमान मार्फत् नेपाल फर्किएकी एक युवतीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयले दोहाबाट नेपाल फर्किएका व्यक्तिहरूको ठेगाना पहिचान गर्दैछ । अन्य केही उडानका यात्रुका विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले बताएको छ । तर प्रहरीले पासपोर्टमा रहेको ठेगानाको आधारमा मानिसहरू पत्ता लगाउन कठिन भएको स्वीकारेको छ । “पासपोर्टमा भएकै ठेगानाको आधारमा मानिसहरू पत्ता लगाउने हो तर सबैजना गृह जिल्लामा नै फर्केका छन् भन्ने होइन ।” bbc

Leave a Comment