![]()
जुम्लामा पछिल्लो समयमा लागुऔषध(ब्राउन सुगर)को कारोबार, ओसारपसारदेखि सेवनकर्ता समेत बढेको पाइएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । चालु आर्थिक बर्षको ६ महिनामा प्रहरीले ३१ जना विरुद्ध लागू औसत कारोवार विरुद्ध मुद्दा चलाएको छ । दुइ जना नाबालकसहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए । उनले १७ जना अझै फरार सूचीमा छन् ।
खासगरी यहाँका युवा र वालबालिका यसबाट नराम्रो गरी प्रभावित भएका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनले लागू औषध कारोवारी माथि कडा निगरानी राखेको बताए । गत पुस महिनामा हवाई मार्गबाट लागू औषध भित्रिएको प्रहरीले जनाएको छ । सामानको बीचमा राखेर व्यापारी तथा सेवनकर्ताले लागू औषध ओसार पसार गर्ने गरेको तथ्य फेला परेको थियो । ‘निगरानी बढाएपछि सुन्तलामा समेत लागू औषध (ब्राउन सुगर) ओसार पसार गरेको भेटियो’ प्रहरी नायव उपरीक्षक धामी भने ‘जिल्लामा फलफूलको काटुनभित्र लागू औषध ल्याउने गरेको पाईयो, खासगरी नेपालगंज हुँदै जिल्लाको विमानस्थलसम्म लागू औषध आइपुग्दो रहेछ’ nayapatika
