दिल्ली ः दङ्गामा मारिनेको सङ्ख्या ३४ पुग्यो

Loading

pnews.com.np : आइतवारदेखि भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या बढेर ३४ पुगेको छ । मारिने सबैजनामा गोली लागेको पाइएको छ । अझैपनि कतिपय इलाकामा हिंसक जत्था डुलिरहेको अनि खासगरी दिल्लीको उत्तर-पूर्वी भागमा छिटफुट हिंसा भएका विवरण प्रहरीले दिएको छ । दिल्लीको हिंसामा गुजरात दङ्गाको झझल्को दिल्ली हिंसा: प्रधानमन्त्री मोदीद्वारा शान्ति तथा भाइचारा कायम गर्न आह्वान दिल्ली हिंसा: मस्जिदको मिनारमा झण्डा

हजारौँ फौजको गस्ती : हिन्दू र मुस्लिम समुदायबीच थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन् । आइतवार नागरिकता कानुनका पक्ष र विपक्षमा रहेकाहरूबीच झडप भएपछि त्यसले साम्प्रदायिक दङ्गाको स्वरूप ग्रहण गरेको थियो । बुधवार हिंसामा निकै कमी आएको भएतापनि राति भने प्रभावित इलाकाहरूमा छिटफुट झडप भएको खबर आएका छन्।

सहर अशान्त नै देखिन्छ : न्यायाधीशको सरुवा : बिहीवार धेरैको ध्यान दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरको सरुवातर्फ खिचिएको छ । उनको सरुवाबारे दुई साता अगाडि नै घोषणा गरिएको भएतापनि बीबीसी सम्वाददाताहरू भन्छन् हालसालै दिल्ली हिंसालाई लिएर उनले गरेका तीखा टिप्पणीका कारण उक्त घोषणा कार्यान्वयनलाई तीव्रता दिइएको हुनसक्छ । न्यायाधीश मुरलीधरले धार्मिक दङ्गाको मुद्दामाथि सुनुवाइ गरिरहेका थिए र उनले बुधवार सरकार र प्रहरी दुवैको चर्को निन्दा गरेका थिए।

बुधवार राति नै उनको तत्काल सरुवाको आदेश पठाइएको थियो । सरकारले उक्त सरुवा राजनीतिक रूपमा उत्प्रेरित नभएको जनाएको छ । यसबीच बीबीसी न्यूजको दिल्ली सम्वाददाता रजिनी वैद्यनाथनले मृतकको सङ्ख्या बढ्दै गर्दा परिवारका सदस्यहरू शव बुझ्न पर्खिरहेका बताएकी छन् । पूर्वोत्तर दिल्लीस्थित एक शवगृहमा आफन्तजनको भिड जम्मा भएको छ । उक्त शवगृहमा जम्मा भएका अधिकांश आफन्तजन मुस्लिम समुदायको भएको वैद्यनाथनले बताइन् । bbc

Leave a Comment