दिल्लीमा नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा

Loading

भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् । कम्तीमा १० जनाको ज्यान गइसकेको छ। तीमध्ये एक प्रहरी थिए । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन् । लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन् । भारतमा हिंसा: कम्तीमा सातजनाको मृत्यु ‘प्रेमको स्मारक’मा ट्रम्प दम्पती हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ। हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन् । पसल तथा घरहरू जलाइएका छन् । पत्रकारहरूमाथि पनि हमला भएका छन्। उनीहरूलाई दङ्गाको दृश्य भिडिओ नखिच्न चेतावनी दिइएका छन्।

हिंसा

भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन् । गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ । हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको छ ।

हिंसाबारे के भने ट्रम्पले ? दिल्लीमा पछिल्लो हिंसा आइतवार सुरु भएको थियो जब नागरिकता कानुनका पक्ष र विपक्षमा रहेका समूहबीच झडप भए ।

हिंसा

त्यसपछि ती झडप धार्मिक-साम्प्रदायिक दङ्गामा परिवर्तन भएका छन् । अधिकांश झडप उत्तर-पूर्वी दिल्लीको मुस्लिमबहुल इलाकाहरूमा भएका छन् । ती इलाका राष्ट्रपति ट्रम्पले भारतीय नेताहरूसँग भेटघाट गरेको दिल्लीको केन्द्रबाट करिब १८ किलोमिटर पर छन् । नागरिकता संशोधन ऐन (सीएए) पारित भएदेखि नै त्यसले भारतमा विशाल विरोध प्रदर्शन निम्त्याएको छ । तीमध्ये केही प्रदर्शन हिंसात्मक भएका थिए। तर हालसम्म दिल्लीमा भएका प्रदर्शन शान्तिपूर्ण नै थिए । आलोचकहरूले उक्त कानुन मुस्लिम विरोधी भएको भनेका छन् । पत्रकार सम्मेलनका बेला दिल्लीमा भड्किएको हिंसाबारे सोधिएको एक प्रश्नको ट्रम्पले सिधै जबाफ दिएनन्। उनले ‘तीबारे सुनेको’ तर ती घटना ‘भारतले नै’ व्यवस्थापन गर्ने बताए । सम्वाददाताहरू भन्छन् वर्तमान दङ्गा प्रधानमन्त्री मोदीका निम्ति लज्जाजनक हुनेछ किनभने त्यसले ट्रम्प भ्रमणलाई ओझेलमा पारिदिएको छ ।bbc

Leave a Comment