![]()
काठमाण्डौं । बानियाँटार, टोखा – ८, गोंगबु, काठमाण्डौंमा आम आदमी पार्टीको केन्द्रीय अध्यक्ष अशोक यादबको प्रमुख आतिथ्यमा मधेशी सेवा समितिले २४ आषाढ ०७६ मंगलवारका दिन एक दिवसीय “हनुमान आराधना एण्ड सुन्दर काण्ड” अनुष्ठानको आयोजना ग¥र्यो । यसका प्रमुख अतिथी आम आदमी पार्टीका केन्द्रीय अध्यक्ष अशोक यादबको करकमलबाट पाल्नु हुने सबै मधेशीलाई सम्मान तथा कदर पत्र वितरण गरियो । मधेशी सेवा समितिले अनुष्ठानमा सहभागीका लागि नाश्ता र खानाको राम्रो प्रवन्ध गरेको थियो ।

हनुमान आराधना संकीर्तनको मधुरमय गीत संगीतबाट वातावरण मन्त्रमुग्ध बनेको थियो । सहभागीहरुले पनि मुक्त कण्ठबाट मधेशी सेवा समितिको आयोजनालाई सराहना गरेका थिए । आगामी कार्यक्रममा बृहद सहभागिता जोड्ने आश्वासन सबैले दिएका थिए । यसरी साँझमा यो कार्यक्रमको समापन भयो ।
मधेशी सेवा समितिको अध्यक्ष रामकिशोर साहले “मधेशी सेवा समिति”को यस्ता हुने अनुष्ठानमा अधिक से अधिक संख्यामा सहभागी भई यस मञ्चको गरिमा बढाई दिन सहभागीसंग अनुरोध गर्नु भयो । अध्यक्ष रामकिशोर साह, संस्थापक सदस्य गाँधीदास, उपाध्यक्ष उपेन्द्र ठाकुर, कोषाध्यक्ष भगत साह, सचिव राम एकवाल राय तथा स.सचिव जितेन्द्र जयसवाल हस्ताक्षरित कदर पत्रबाट सबैको सम्मान गरियो । त्यस समारोहमा आम आदमी पार्टीकी बरिष्ठ नेतृ मधुमाया यादब, आम आदमी पार्टीका केन्द्रीय सदस्य जय नारायण यादबको समुपस्थिति थियो ।