केन्दीय महिला नेतृ मधुमाया यादब, आम आदमी पार्टी, नेपालको अध्यक्षतामा आम आदमी महिला समूह, बारा जिल्लाको जिल्ला समिति गठन भयो । ठूला पार्टीहरुको अविश्वसनीय क्रियाकलापबाट आम जनतामा फैलिएको असन्तुष्टताका कारण आम आदमी पार्टीकी केन्द्रीय नेतृ मधुमाया यादबले बोलाएको जिल्ला भेलामा धेरै संख्यामा सहभागी महिलाहरुको गुनासो ठूला मधेशी पार्टीप्रति केन्द्रीत थियो ।

प्रदेश सरकार चलाउन मधेशीहरुले अवसर पाएपनि जनताको समस्याप्रति प्रदेश सरकार उदासीन रहेको, पहुँच नरहेका वर्गमा सरकारले ध्यान दिन नसकेका कारण मधेशी जनतामा प्रदेश सरकारको अनुभूति हुन सकेको छैन । हत्या, हिंसालगायत बलात्कारका घटना तीव्र रुपमा बढ्दै जानुले प्रदेश सरकार रहेको नरहेको कुनै अर्थ राख्दैन । महिला सभाका हरेक वक्ताको यही आशय थियो ।
आम आदमी पार्टीप्रति मानिसहरुको आकर्षण बढि रहेको महिला नेतृ मधुमाया यादबको अनुभव रह्यो । यही १७ आषाढ २०७६ का दिन आम आदमी पार्टीकी महिला नेतृको उपस्थितिमा बारा जिल्लामा अध्यक्ष रम्भादेवी, उपाध्यक्ष सुनितादेवी पासवान सचिव तारादेवी लगायत ३१ सदस्यीय आम आदमी महिला समूह जिल्ला समिति गठन भएको छ ।