उपेन्द्र यादवले किन छोडे सरकार???

Loading

Pnews. Com. Npपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने गरी मन्त्रिपरिषद् बैठकमा आफूले राखेको प्रस्तावमाथि छलफल नभएपछि मन्त्री यादवले राजीनामा दिएका हु

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा आफ्नो प्रस्ताव अगाडि नबढेकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख छ ।

राजीनामा पत्रमा यादवले पार्टी सरकारमा सहभागी हुँदा भएको सहमतिलाई समेत स्मरण गराएका छन् । संविधान संशोधनमा सहमति भएर सरकारमा सहभागी भएको जनाउँदै यादवले सरकार सहमतिबाट पछाडि हटेको र एकतर्फी रुपमा सहमति तोडेकाले राजीनामा दिएको जनाएका छन् ।

यसअघि समाजवादी पार्टी नेपालको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपेन्द्र यादवले पार्टी संसदीय दलको बैठकमा समेत सरकारबाट बाहिरिने विषयमा छलफल गरेका छन् ।

सोमवार साँझको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री यादवले राखेको प्रस्तावका कारण सत्ता गठबन्धन भत्किएको हो । मन्त्री यादवले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन राखेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अगाडि बढाउन दिएनन् । त्यसपछि मन्त्री यादव सरकारबाट बाहिरिने निर्णयमा पुगेका हुन् ।

के थियो मन्त्री यादवले राखेको त्यो खामबन्दी प्रस्ताव ? मन्त्री यादवले खामबन्दी प्रस्तावमा संविधान संशोधनका विषय पहिचान गर्न एक समिति गठन गर्ने प्रस्ताव गरेका थिए

उच्चस्तरीय समितिले अध्ययन गरेर संविधान संशोधनको खाका तयार पार्ने प्रस्ताव मन्त्री यादवले प्रधानमन्त्री ओलीका कारण अगाडि बढाउन पाएनन् ।

Leave a Comment